13th December | 2019 | Friday | 4:45:15 PM

चारवटा स्काभेटरमा आगजनि

चिसाङ शेर्पा   POSTED ON : मंसिर १५, २०७६ (४:२३ PM)

चारवटा स्काभेटरमा आगजनि

खोटाङ । खोटाङमा चारवटा स्काभेटरमा आगजनी भएको छ । निर्माणस्थलमा राखिएको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा शनिबार राति आगजानी भएको हो । दोर्पाको लप्सेखोला पंखुखोलामा तीनवटा र चखेवाभन्ज्याङमा एकवटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि साङगे शेर्पाले जानकारी दिए ।

प्रतिगोटा ९० लाख पर्ने स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनका अनुसार शनिबार राती नौ बजेसम्म साइडमा काम गरिएको र राती ११,१२ बजेविचमा जलाइएको हुनेसक्ने अनुमान छ ।दोर्पा साइडको स्काभेटरको ट्याङकी पड्केको ठूल्ठूलो आवाज कामदारहरुले सुनेपछि आगजानी भएको थाहा पाइएको हो । 

चखेवाभन्ज्याङमा रहेको स्काभेटरमा आगजानी भएको आईतबार बिहान थाहा भएको हो । कन्ट्रक्सनले दिक्तेल–चखेवाभन्ज्याङ सडकको काम गरिरहको छ । स्काभेटरमा आगजानी भएको जानकारी आएकाले प्रहरी परिचालन गरिएको खोटाङका डिएसपी बामदेव गौतमले बताए । कसले, कतिवेला, किन आगजानी गरे भन्ने अहिलेसम्म थाहा नभएको डिएसपी गौतमले बताए । स्काभेटरमा विप्लव समुहले आगजनी गरेको अनुमान गरिएको छ ।  

फोटो : आगजानी भएको स्काभेटर ।


Views: 90