21st February | 2020 | Friday | 2:05:38 AM

गाई काटेको आरोपमा पक्राउ

  POSTED ON : माघ १०, २०७६ (६:१९ PM)

गाई काटेको आरोपमा पक्राउ

इटहरी । गाई काटेको आरोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सदुलको घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

रासस


Views: 102

सम्बन्धित सामग्री: