29th February | 2020 | Saturday | 7:03:21 AM

नयाँ आईजीपीमा ठाकुर ज्ञवाली

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७६ (५:२८ PM)

नयाँ आईजीपीमा ठाकुर ज्ञवाली

काठमाडौं । सरकारले  डिआइजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा  नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

प्रहरी नायव महानिरीक्षकत्रय ठाकुर ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय महानिरीक्षकका दाबेदार थिए । कार्यसम्पादन मूल्यांकन र ज्येष्ठतामा ज्ञवाली पहिलो नम्बरमा थिए भने लम्साल दोस्रो र उपाध्याय तेस्रो नम्बरमा थिए । यी तीनै जना महानिरीक्षक खनालका वैकल्पिक ब्याजी हुन् । 


Views: 74