29th February | 2020 | Saturday | 5:28:47 AM

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७६ (४:२० PM)

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

माघ २२ गते एक सय ७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई नीतिगत निर्णय गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारलाई तोकेको छ।


Views: 158