21st February | 2020 | Friday | 3:30:56 AM

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  POSTED ON : फाल्गुन २, २०७६ (४:२८ PM)

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा (हिटा) ।  जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार पक्राउ परेकाछन् । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका–४ बस्नेहरु ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाम जिल्लामा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


Views: 49

सम्बन्धित सामग्री: