10th April | 2020 | Friday | 6:09:15 PM

गोली हानेर अपराधी पक्राउ

श्याम कार्की   POSTED ON : फाल्गुन ७, २०७६ (६:०९ PM)

गोली हानेर अपराधी पक्राउ

रौतहट । रौतहटमा प्रहरीले एक फरार अपराधीलाई गोली प्रहार गरेर पक्राउ गरेको । मंगलवार राति करीब १० बजे रौतहट चन्द्रपुर नगरपालिका ४ स्थित धन्सारबाट जंगलसहिया जाने सडकबाट प्रहरीले मौलापुर ८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वेर पटेल कुर्मीलाई पक्राउ गरेको हो । 

सिंह विगतमा तराई जनतान्त्रीक मुक्ती मोर्चाका ईन्चार्ज भएर कर्तव्य ज्यान लगायतका दर्जनौ आपराधिक क्रियाकलापमा संग्लनरही फरार रहेको आरोप प्रहरीले जनाएको छ । 

बारा जिल्लाको प्रहरी टोलीले पिछा गर्दै आईरहेको र रौतहट प्रहरीलाइ समेत खबर हुना साथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बाट प्रहरी खटिएको टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमबहादुर शाहीले जानकारी दिए । प्रहरीलाई देख्ना साथ कुर्मीले फायर गर्न लागेकोले प्रहरीले गोली प्रहार गरी कुर्मीलाई पक्राउ गरेको उनको भनाइ छ । 

सयुक्त प्रहरी टोलीलाइ देख्नसाथ फायर खोल्न लागेको अवस्थामा प्रहरीले ४ राउण्ड जवाफी फायर खोल्दा कुर्मीको  खुट्टामा दुई ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते सिंहको चन्द्रपुर अस्पतालमा उपचारगरि थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज लगिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सिंह विरूद्व विभिन्न जिल्लामा कर्तव्य ज्यान, अपहरण लगायत दर्जनौ आपराधिक गतिविधि गरेको मुद्दा प्रहरीले दर्ता गरेको छ  । प्रहरीले उनको साथबाट नलकटुवा पेस्तोल एकथान, गोली ५ राउण्ड फेला पारेको जनाएको  छ ।


Views: 215