10th April | 2020 | Friday | 5:43:48 PM

मानवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

  POSTED ON : फाल्गुन १६, २०७६ (६:२५ PM)

मानवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

(हिटा) कालिकोट । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि वकालत गर्न इन्सेकद्धारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहको चौथो वैठक शुक्रबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । 

संयोजक अविसरा अधिकारीको अध्यक्षतामा बसेको वैठकले  जिल्ला सदरमुकाम रहेको नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा औषधि र खानेपानीको समस्याको पहिचान गरी समाधानका लागि नगरपालिकामा मागदाबी पत्र पेस गर्ने निर्णय गरेको हो । 

मान्म स्थित एटुजेट एकेडेमीको हलमा सम्पन्न वैठकले नगरपालिका भित्रका शिक्षा,स्वास्थ्य, खाद्य,आवास, महिला,बालबालिका, सुशासन र सूचनाका अधिकारका सवाललाई उजागर गर्न निगरानी नामक पत्रिका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ ।

मानवअधिकार समुहद्धारा प्रकाशन गरिने पत्रिकामा कृषि, बन लगायतका सवाल समेत उठान गरिने सचिव कपुरे विश्वकर्माले जानकारी गराए ।


Views: 84