8th April | 2020 | Wednesday | 11:36:49 AM

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै

  POSTED ON : चैत्र ७, २०७६ (५:२४ PM)

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरसको विषयमा देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

 प्रधानमन्त्री ओलीले आज साँझ  ६ बजे बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ। 

नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई विशेष रुपमा हेरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय बैठक बोलाएका छन् । बैठकलगत्तै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ ।


Views: 180