8th April | 2020 | Wednesday | 10:09:28 AM

हराएका बालक मृतावस्थामा फेला

  POSTED ON : चैत्र ७, २०७६ (६:५४ PM)

हराएका बालक मृतावस्थामा फेला

राँझा । तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन् । 

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृतावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिए ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज बिहान १०ः१५ बजे शव फेला परेको उनले बताए  । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । रासस


Views: 83