3rd June | 2020 | Wednesday | 9:34:53 AM

प्रहरी हिरासतबाट फरार ३ जना पक्राउ

दीपककुमार शर्मा   POSTED ON : चैत्र २१, २०७६ (३:१३ PM)

प्रहरी हिरासतबाट फरार ३ जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट फरार भएका ३ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । 

लागु औषध ब्राउन सुगर सहित पक्राउ विरेन्द्रनगर ६ का २६ वर्षिय रोशनराज रेग्मी , २० वर्षिय सुनिल थारु र विरेन्द्रनगर ११ का २१ वर्षिय सन्देश कशेरा दुइ दिन अधि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष सगै रहेको सौचालयको झयाल उक्याएर फरार भएका थिए ।

थुनुवा कक्षबाट थुनुवा फरार भएपछि प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरिक्षक भोलाबहादुर रावलको संयोजकत्वमा पा“च सदस्यीय छानविन समिति गठन गरेको थियो । 

फरार भएका लाई भेरीगंगाको सत्तरीबाट सन्देश कशेरा  तथा  विरेन्द्रनगरबाट सुनिल थारु र रोशनराज रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक एंव सुचना अधिकारी गोपाल रायमाझिले बताउनु भयो । प्रहरीले गएको फागुन २५ गते सन्देश कसेरालाई र चैत्र १२ गते रोशनराज रेग्मी र सुनिल थारुलाई पक्राउ गरेको थियो । 

फरार रहेका ३ जनालाई  १४ घन्टाभित्रै   प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक एव प्रवत्ता गोपाल रायमाझिले बताउनु भयो । 


Views: 110