8th July | 2020 | Wednesday | 5:57:35 AM

आमाको हत्या गरी आफै आत्महत्या

रासस   POSTED ON : जेठ १६, २०७७ (१:५३ PM)

आमाको हत्या गरी आफै आत्महत्या

मोरङ । मोरङको बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुर लिम्बूले बिहीबार छुरा प्रहार गरी हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो भने आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Views: 85