8th July | 2020 | Wednesday | 6:39:03 AM

थप ३ सय २३ जनामा कोरोना

संक्रमितको संख्या ३२ सय पुग्यो

हिमालय टाइम्स   POSTED ON : जेठ २४, २०७७ (४:५२ PM)

थप ३ सय २३ जनामा कोरोना

काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।


Views: 99