8th July | 2020 | Wednesday | 5:49:38 AM

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन

पुरन साह   POSTED ON : असार १६, २०७७ (७:४७ PM)

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन

जनकपुरधाम । पार्टी एकता पछि जनता समाजवादी पार्टी(जसपा)ले मधेशमा पहिलो पटक शक्ति प्रदर्शन गरेको छ । नेकपाको बहुमतको आधारमा ल्याइएको नागरिकता विद्येयकको विरुद्वमा तत्कालिन राजपा र जसपाका नेता कार्यक्रताहरु मिलेर शक्ति प्रदर्शन गर्दै नागरिकता विद्येयक खारेजीको माग गरेका छन् । जनता समाजवादी पार्टी नेपालले प्रदेश–२ मा शतिm प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षड्यन्त्र रहेको आरोप उनीहरुले लगाएका छन् । 

 

मंगलवारको विरोध प्रदर्शनमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरियासहित प्रदेश–२ सरकारका मन्त्रीहरुदेखि केन्द्रिय र स्थानिय तहसम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो । नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद विरोध प्रदर्शनको मुख्य नारा देखियो । जनकचोकबाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

नागरिकता विद्ययेकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यस्ले देशको वातावरण नै खल्बलिने उनीहरुले बताएका छन् । कोणसभामा बोल्ने वक्ताहरुले मधेश र भारतको विस्तारित पारिवारिक, सांस्कृतिक सम्बन्ध देख्न नसकेर प्रधानमन्त्री ओली आतिएकाले यस्ता वाहियात निर्णयहरु गर्न थालेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले देशमै उथलपुतल गरे पनि प्रदेश–२ मा केहि नचल्दा प्रदेश–२ केन्द्रित षड्यन्त्रहरु गरेर विरोधको वातावरण बनाई पहाडको सेन्टिमेन्ट लिन चाहेको आरोप नेताहरुको छ । 

 

जसपाले प्रदेश–२ को जनकपुरधामसहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोत्तरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बीरगंजमा एकै साथ प्रदर्शन गरेको छ । सप्तरीमादेखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ । यसैबीच, धादिङमा पनि जसपाले नागरिकता विद्येयक सच्याउन माग गर्दै मंगलबार

प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जसपा धादिङका अध्यक्ष राम ढकालले बुझाउनुभएको ज्ञापन पत्रमा लैंगिक अल्पसंख्यालाई नागरिकको लागि लैंगिक परीक्षण गर्नुपर्ने, विभेदपुर्ण प्रावधान खारेज गर्नु पर्ने, लैंगिक पहिचानलाई मान्यता दिई नागरिकता प्रदान गर्नुपर्ने, सम्पुर्ण नागरिकहरुलाई समान व्यवहार गर्नुपर्ने उल्लेख छ । 

 


Views: 53