8th July | 2020 | Wednesday | 8:03:42 AM

जनता समाजवादी पार्टीबाट देशैभर प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (७:४७ AM)

जनता समाजवादी पार्टीबाट देशैभर प्रदर्शन

काठमाडौं । मधेशी, आदीवासी, जनजातीलाई लक्षित गरि सरकारले ल्याएको नागरिकता संसोधन विद्येयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालले देशैभर एकसाथ प्रदर्शन गरेको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले नागरिता ऐन २०६३ संशोधन गर्न बनेको विद्येयक बहुमतले पारित गरेपछि जसपाले विरोध सुरु गरेको हो । मंगलबार काठमाडौंका सडकहरुमा जसपाका नेता तथा कार्यकर्ता नागरिकता विद्येयकका विरुद्ध सडकमा ओर्लिएका छन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका जसपाका नेता डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका जसपाका अध्यक्ष उपेन्द्र यादव, अध्यक्ष महन्थ ठाकुर, पूर्व मन्त्री हिसिला यमीलगायतका नेता तथा कार्यकर्ताले सडकमा सरकारविरुद्ध नारा लगाउनुभएको थियो । उहाँहरुले समितिले बहुमतको अधारमा पास गरेको अंगिकृत बैबाहिक नागरिकता सम्बन्धी विद्येयक फिर्ता लिन माग गर्नुभएको छ । सरकारले सो विद्येयक फिर्ता नलिएर आन्दालन कडा बनाएर देशैभर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । 

पार्टीले बिदेशी बुहारीलाई सात बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारतबीचको रोटिबेटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । जसमाले मंगलबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनसमेत भनेको छ । वर्षातको मौसम र कोभिड–१९ महामारीबीचमा पनि सामाजिक दूरीलाई अवज्ञा गर्दै देशैभर ठूलो संख्यामा जसपाका नेता तथा कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामासमेत माग गरेका छन


Views: 29