23rd May | 2018 | Wednesday | 3:55:31 AM

भारतको सन्देश

  POSTED ON : Sunday, 04 February, 2018 (3:14:49 PM)

भारतको सन्देश

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल सरकारको निमन्त्रणा वा तयारीबिनै अचानक नेपाल आइन् । उनको आगमन मूलतः नेकपा एमालेमा अध्यक्ष केपी ओलीसँगको भेटवार्तामा केन्द्रित थियो । एमाले अध्यक्ष ओलीले स्वराज एमालेको पाहुनाका रूपमा आएको पार्टी बैठकमा बताए । स्वराजको सम्मानमा एमालेले रात्रिभोज आयोजना ग¥यो । स्वराजले एमालेपछि वाम गठबन्धनको घटकका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिन् । उनले प्रदेश २ का दुई दल संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरूसँग पनि भेटवार्ता गरिन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट शिष्टाचारमात्रै थियो । उनले प्रधानमन्त्रीलाई भेटेकी हुन्, कांग्रेस सभापति शेरबहादुर देउवालाई होइन । उनले कांग्रेस नेताहरुलाई भेटिनन् । 

नेपाल सरकारको तयारीबिनै आएकी र अनौपचारिक भए पनि स्वराज भारतीय विदेशमन्त्रीका रूपमा विदेश मन्त्रालयका अधिकारीहरूका साथ आइन् । नेपाल सरकारले स्वागतका लागि राज्यमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीलाई विमानस्थल पठाएर स्वागतको शिष्टाचार पूरा ग¥यो । निर्वाचन सम्पन्न भएर मौजुदा सरकार बिदा हुन लागेको र नयाँ सरकार बनिनसकेको अवस्थामा भारतले किन विदेशमन्त्रीलाई नेपाल पठाउन आवश्यक ठान्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । निर्वाचन जितेकोमा वा सफलतापूर्वक निर्वाचन गराएकोमा बधाई दिन विदेशमन्त्री उपस्थित नै हुन आवश्यक ठानेको हो भने भारतले विगतमा भएका गल्ती कमजोरी सच्याउँदै नयाँ सरकारसँग हार्दिक सम्बन्ध बनाउन चाहेको देखिन्छ । नाकाबन्दीका कारण नेपाली जनतामा भारत बढेको गुनासो कम गर्ने र एमालेसँग सम्बन्ध सुदृढ बनाए काम गर्न चाहेको देखिन्छ । 

भारतको नेपालनीति नेपाल–चीन सम्बन्धसँग सापेक्षित हुन्छ भनेर मान्ने गरिएको छ । निर्वाचनपछिको नयाँ सरकारसँग सम्बन्ध बनाउने र मिलेर काम गर्ने विषयमा भारतले आफूलाई एक पाइला अगाडि राख्न चाहेको पनि स्वराजको आगमनबाट बुझ्न सकिन्छ । निकटको छिमेकीसँग, निकट भविष्यमा सरकारको नेतृत्व गर्ने ठानिएका नेताससँग र सरकार बनाउने गठबन्धनसँग सम्बन्ध सुदृढ बनाउन चाहेको, हार्दिक सम्बन्धका दृष्टिले नेपाल सधैँ उच्च प्रथमिकतामा रहेको सन्देश विदेशमन्त्रीमार्फत दिन चाहेको हदसम्म स्वराजको आगमनलाई सराकात्मक मान्न सकिन्छ । 

स्वराजको आगमन निर्वाचनको परिणामसँग जोडिएकोले भारतले नेपालको संविधानमा अब कुनै असन्तुष्टि छैन भन्ने सन्देश दिन खोजेको हो भन्ने सकिन्छ । 

समान्यतयाः जुन समय र सन्दर्भमा भारतीय विदेशमन्त्रीको आगमन भयो, त्यो आवश्यक र स्वाभाविक होइन । यो आगमन अस्वाभाविक थियो भन्ने पुष्टि हुन नदिने चाहिँ नयाँ सरकारको नतृत्व गर्ने ठानिएका एमाले अध्यक्ष केपी ओली र उनको दल एमालेकै हो । गठबन्धनको घटकका रूपमा यसमा माओवादी केन्द्र पनि तानिन्छ । दुई देशको सम्बन्ध कुनै दल विशेष वा नेता विशेषका आधारमा मात्रै निर्धारण हुँदैन तर यही आरधामा सम्बन्धमा तिक्तता छ भने सुधार पनि आवश्यक पर्छ । नाकाबन्दीका विषयमा भारत र एमालेको सम्बन्धलाई यस पाटोमा पनि हेर्ने गरिएको छ । एमाले–माओवादी गठबन्धनको भावी सरकारले लिने छिमेकनीतिमा स्वराज आगमनको प्रभाव के प¥यो भन्ने देख्न सकिनेछ ।


सम्बन्धित सामग्री: