18th February | 2018 | Sunday | 5:05:06 AM

क्यान्सर रोग र जनचेतना

  POSTED ON : Monday, 05 February, 2018 (3:25:06 PM)

क्यान्सर एक भयावह रोगका रूपमा फैलिँदै गएको तथ्यांकले देखाउन थालेको छ । पछिल्लो समय नेपालमा वर्षेनी क्यान्सरका ३० हजार विरामी थपिने गरेका छन् । विश्वभर नै क्यान्सर रोगीको संख्या बढ्दो छ । विश्वमा वर्षेनी १४ करोड नयाँ रोगी थपिने गरेका छन् । यो रोग उमेर ढल्किँदै गरेका मानिसमा हुने मानिए पनि बालबालिकामा समेत देखापर्न थालेको छ । महिलामा स्तनको र पाठेघरको तथा पुरुषमा प्रोस्टेटको र फोक्सोको क्यान्सर बढी हुने गरेको छ । घाँटीको र फोक्सोको क्यान्सर महिला र पुरुष दुवैलाई हुने गरेको छ । केटाकेटीमा ल्युकेमेनिया भनिने रगतको क्यान्सर बढी देखिने गरेको छ । उपचार खर्चको दृष्टिले आममानिसका लागि क्यान्सर असाध्य रोगका रूपमा रहेको छ । 

क्यान्सर रोग लाग्नुको खास कारण यही नै हो भन्ने पत्ता लागेको छैन । जुन अंगमा रोग लागेको हो, त्यसमा नचाहिने कोषहरूको वृद्धि नै क्यान्सर रोग हो भनिन्छ । मद्यपान, धुमपान र सुर्तीका पदार्थको प्रयोग, अत्यधिक वायु प्रदूषण र अस्वस्थकर जीवनशैली नै क्यान्सर रोगको प्रमुख कारण मनिँदै आएको छ । पछिल्लो समय अधिक प्रदूषण र अस्वस्थकर जीवनशैलीलाई बढी कारक मान्न थालिएको छ । क्यान्सर गराउन सहयोग पु¥याउने कार्सिनोजेनिक भनिने यौगिकयुक्त पदार्थ वातावरणमा बढ्दो छ । सवारी साधनले निकाल्ने र औद्योगिक धुवाँ बढी कार्सिनोजेनिक रहेको पाइएको छ । वायुमा बढ्दो मसिनो धुलक्कण पनि क्यान्सरको कारक बन्न थालेको चेतावनी चिकित्सकहरूले दिन थालेका छन् । 

अस्वस्थकर जीवनशैली÷खानपिन अर्को मुख्य कारण मान्न थालिएको छ । अधिक चिल्लो† खरो हुनेगरी तारेको÷भुटेको† बढी मसला, कृत्रिम स्वाद, कृत्रिम बास्ना, प्रिजर्भेटिभ (धेरैदिन जोगाउने यौगिक), कृत्रिम रङ राखिएका तयारी÷प्याकेट खानेकुराको प्रचलन बढ्दो छ । जंक फुड भनिने यस्ता खानेकुरा जीवनशैली बन्दैछन् । हुर्कंदा बालबालिका र किशोर किशोरीमा यस्ता जंक फुडको लत बस्न थालेको तथ्य अध्ययनहरू फेला पारेका छन् । यस्तै किसमका पेय पदार्थहरूको प्रयोग बढ्दो छ । मद्यपान आधुनिक जीवनशैलीको अंग बन्दै गएको छ । आधुनिकतासँगै केही मानिसमा शारीरिक निष्क्रियता बढ्दो छ । शरीर व्यायमविहीन बन्दै गएको छ । यिनै कारणहरूले हुनुपर्छ, क्यान्सर रोगीको संख्या पनि बढ्दो छ । 

रोगको पहिचान र उपचारको सुविधा पनि बढ्दै गएको छ तर रोगबारे चेतनास्तर कमजोर छ । चिकित्सकहरूका अनुसार धेरेजसोमा रोगको पहिचान हुँदा उपचार निकै ढिलो भइसकेको हुन्छ । क्यान्सरको सम्भावनाबारे नियमित परीक्षण गर्नुपर्छ भन्ने चेतनाको अभाव, रोग देखानपरी अस्पताल नजाने चलन र स्वास्थ्यसेवामा पहुँचको अभावजस्ता कारणले क्यान्सरका बिरामीहरू निकै खराब अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ । रोगबारे चेतना अभिवृद्धिमा राज्यले पर्याप्त ध्यान दिनुपर्छ । फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाउँदा राज्यको तहबाट कति योगदान भयो, त्यो महŒवपूर्ण हुन्छ । रोगको बारेमा साधारण जानकारी र रोकथामका उपायहरूबारे बुझाउन सबै किसिमका उपायहरू अपनाउने, स्वास्थसेवामा पहुँच बढाउने र बढ्दो वायु प्रदूषण कम गर्नेतर्फ राज्यको ध्यान जानु आवश्यक छ । 




सम्बन्धित सामग्री:

एकताको अपरिहार्यता

: Wednesday, 14 February, 2018 (9:10:57 AM)