20th June | 2018 | Wednesday | 2:51:28 PM

सभामुख महरालाई शुभकामना !

  POSTED ON : Sunday, 11 March, 2018 (4:18:55 PM)

सभामुख महरालाई शुभकामना !

माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । उनी सांसदमात्रै होइनन्, माओवादी केन्द्रका उच्चतहका नेता पनि हुन् । महराले निकै महŒवपूर्ण समयमा सर्वोच्च जनप्रतिनिधि संस्थाको नेतृत्व सहृमाल्ने अवसर पाएका छन् । संविधानतः राजनीतिक संक्रमण अन्त्य भएको छ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पूर्ण कार्यान्वयनको चरणमा छ । सात प्रदेशका प्रदेशसभा र संघीय संसदले काम थालेका छन् । संदीय अभ्यासका मूल्य मान्यताहरू उही भए पनि मुलुक संघीय प्रणालीको अनुभवको चरणमा छ । यस्तो प्रारम्भिक समयमा भएका कामले भविष्यको दिशा निर्देश गर्छ । महरा मुलुकलाई कुशलतापूर्वक सफल भविष्यतर्फ डो¥याउने समयमा संसद्को अभिभावक भएका छन् ।  

महरा निर्विरोध सभामुख भए । राष्ट्रपति पदमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा महरालाई निर्विरोध हुन दियो । विपक्षी धर्मका हिसाबले पनि कांग्रेसले उम्मेदवारी दिनु स्वाभाविक हुन्थ्यो । निर्विरोध हुन दिएर कुनै सौदावाजीको दाउ हेरेको छैन भने सभामुखका रूपमा महराप्रति मुख्य विपक्षी दलले सद्भाव राखेको र भरोसा गरेको अर्थमा लिनुपर्छ । संसद्मा सभामुखको निष्पक्ष अभिभावकीय भूमिका अपेक्षित हुन्छ यद्यपि ऊ कुनै दलको प्रतिनिधिका रूपमा निर्वाचित भएको हुन्छ । जटिल र संक्रमणकालीन अवस्थामा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ र त्यसपछि ओनसरी घर्ती सन्तुलित र समन्वयकारी भूमिका निर्वाहमा कतै पनि चुकेनन् । महरा त्यो समय र सभामुखको भूमिकाबारे यथेष्ट जानकार छन् । उनी आफू ती सभाका सदस्य थिए ।  

माओवादी खुला संसदीय राजनीतिमा आएपछि निरन्तर महŒवपूर्ण राजकीय जिम्मेवारीमा पुगेका थोरै नेतामध्येका हुन् महरा । उनी निरन्तरजसो संविधानसभा सदस्य÷सांसद र मन्त्री रहे । अत्यन्त महŒवपूर्ण मानिने गृह, परराष्ट्र, सञ्चार र अर्थ मन्त्रालय सहृमाले । पटक पटक उपप्रधानन्त्री भए । महरा अहिले यी सबैमध्ये सबैभन्दा महŒवपूर्ण र दीर्घकालीन प्रभावको नेतृत्वदायी भूमिकामा पुगेका छन् । सभामुखका रूपमा निर्वाह गर्ने भूमिकाले उनको नेतृत्व क्षमता र कार्यकौशल मापन हुनेछ । सभामुखले विपक्षी समेतको विश्वास जितेर सभा सञ्चालन गर्न सक्नुपर्छ । अबको संसद्मा दलहरू पूर्णतः सत्तापक्ष र विपक्षको अवधारणाबाट प्रस्तुत हुनेछन् । यस्तो अवस्थामा सभामुखको भूमिका बढी समन्वयकारी र सन्तुलित हुनुपर्नेछ । 

यो प्रतिनिधिभामा कामको चाप पनि अधिक हुनेछ । संविधानअनुसार धेरै कानुनहरू बन्न बाँकी छ । कानुन बनाउन विधेयक पेश गर्ने सरकारले हो तर संसदको काम छिटो छरितो बनाउन सभामुखको भूमिकमा महŒवपूर्ण हुन्छ । सभालाई मर्यादित, अनुशासित बनाउन र जनप्रतिनिधिको सर्वोच्च संस्थाको गरिमा उचो बनाउन पनि सभामुखको नेतृत्व कौशल आवश्यक पर्छ । सशस्त्र विद्रोहबाट आएका कम्युनिष्ट नेता सभामुखका रूपमा संसद्को नेता बनेका छन् । संसदीय पद्धति सुदृढीकरण तिनै विद्रोही नेताको भूमिकामा भर पर्नेछ । सुदृढ संसदीय पद्धति र गरिमायुक्त प्रतिनिधिसभाले संघीय लोकतान्त्रिक संविधान सफल कार्यान्वयन गर्न सक्नेछ । यस दिशामा सभामुख महरा सफल बनून् । हार्दिक शुभकामना ¤



सम्बन्धित सामग्री:

विश्वकपको रौनक

: Friday, 15 June, 2018 (2:28:18 PM)