13th December | 2018 | Thursday | 12:09:02 PM

आर्थिक श्वेतपत्रमा राजनीतिक स्वार्थ !

  POSTED ON : Wednesday, 11 April, 2018 (6:46:51 PM)

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि सार्वजनिक गरेको आर्थिक श्वेतपत्रमाथि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अनेक प्रश्न उठाएको छ । श्वेतपत्रको नाममा तथ्यहरू तोडमोड गरेर निराशाको ‘लालपत्र’ ल्याइएको उसको आरोप छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर श्वेतपत्रबारे आफ्नो २४ बुँदे धारणा सार्वजनिक गरेको छ । जसमा श्वेतपत्रका विवरणले मुलुकको वास्तविक आर्थिक अवस्थालाई चित्रण नगर्ने दाबी गरिएको छ । यस्तो दाबीका साथमा उसले विभिन्न तथ्य र प्रमाण पनि पेश गरेको छ ।

राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलब्धिलाई नकार्ने र हामीले शून्यबाट समृद्धिको शुरूवात गर्न लागेका हौँ भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा सरकारले श्वेतपत्र ल्याएको कांग्रेसको आशंका छ । कुन कालखण्डको तथ्यांक पेश गर्दा आफ्नो अनुकूल विवरण निस्कन्छ भन्ने मनशायले श्वेतपत्रमा कतै दुई वर्ष, कतै पाँच वर्ष, कतै दश वर्ष त कतै २५ वर्षका आर्थिक चित्र पेश गरिएको कांग्रेसको आरोप छ । सबैभन्दा महŒवपूर्ण तर्क त यो छ कि, विगत दश वर्षको अवधिलाई लिएर श्वेतपत्रमा जसरी आर्थिक दूरावस्था चित्रण गरिएको छ, सो अवधिको अधिकांश हिस्सा मुलुकमा कम्युनिस्ट प्रधानमन्त्री वा कम्युनिस्ट अर्थमन्त्री रहेको पनि कांग्रेसले स्मरण गराएको छ । प्रश्न स्वाभाविक रूपमा उठ्छ–विगत १० वर्षमा मुलुक आर्थिक दूरावस्थामा पुगेकै हो भने त्यसको जिम्मेवार उनीहरू स्वयं पनि होइनन् ?

सरकारले आर्थिक विकास र समृद्धिलाई आफ्नो मुख्य लक्ष्य बनाएको छ । वर्तमान सरकार राजनीतिक रूपमा निकै शक्तिशाली पनि छ । यसका बाबजुद मुलुकमा आर्थिक बजार किन तहसनहस हुँदैछ ? प्रश्नको जवाफ खोज्न जरुरी छ । सरकारले भन्दै आएको आर्थिक विकास र समृद्धिको सुरुवातनै रित्तो ढुकुटीबाट गरिएको सन्देश फैलाउनुको उद्देश्य कतै उद्देश्य प्राप्तिको रफ्तारमा कमी ल्याउन बनाइएको बाटो त होइन ? आशंका स्वाभाविकरूपमा उब्जिएको छ । किनकि, सरकार यति शक्तिशाली छ कि, जस्तोसुकै अड्चन हटाउन आवश्यकताअनुसार संविधान संशोधनदेखि लिएर कानुन निर्माणसम्मका ‘कोर्स करेक्सन’ गर्ने हैसियत छ । यस्तो ऐतिहासिक सुविधा प्राप्त सरकारले आफ्ना एजेन्डा पूरा गर्नका लागि अब आरोप र बहानाबाजी होइन, सुधारका पहल व्यवाहारिकरूपमा गरेर देखाउन जरुरी हुन्छ । साथै, श्वेतपत्रका बारेमा जिम्मेवार ढंगबाट उठाइएका प्रश्नहरूको सार्थक जवाफ दिँदै मुलुकको आर्थिक अवस्था के हो ? सही शब्द चित्रण गरेर मुलुकलाई विकास र समृद्धिको मार्गमा डो¥याउन सक्नुपर्दछ । 


Views: 20

सम्बन्धित सामग्री:

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)

विद्रोही बहिष्कार

: Monday, 10 December, 2018 (2:29:51 PM)

वहसको निम्तो पो !

: Sunday, 09 December, 2018 (6:03:58 PM)