18th October | 2018 | Thursday | 7:30:00 AM

मदन भण्डारीपछिका २५ वर्ष

  POSTED ON : Thursday, 17 May, 2018 (3:19:56 PM)

मदन भण्डारीपछिका २५ वर्ष

नेकपा एमालेले दिवंगत तत्कालीन महासचिव मदन भण्डारीको २५ औँ स्मति दिवस आज मनाउँदैछ । ठिक यही समय मदनको नाम दिवंगत नेताहरूमा सबैभन्दा बढी उच्चारण भएको छ । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि मदन तत्कालीन नेकपा मालेको महासचिवका रूपमा राष्ट्रिय राजनीतिक दृश्यमा आएका थिए । संविधान जारी भएपछिको संसदीय निर्वाचनमा सहभागी हुनुअघि उनले तत्कालीन नेकपा माक्र्सवादीसँग एकता गरेर नेकपा एमाले बनाए । उनले संसदीय निर्वाचनको प्रतिस्पर्धाबाट जनमत जितेर पार्टीको कार्यक्रम कार्यान्वयन गर्ने गरी जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तकै रूपमा अघि सारे । अनि महासचिवका रूपमा निर्वाचनमा होमिएका मदन दुई क्षेत्रमा विजयी भए । आफ्नो पार्टीलाई दोस्रो ठूलो दलका रूपमा स्थापित गराए । मदनको यो सफलता चामत्कारिक मानियो । 

सहस्यमय सडक दुर्घटनामा मदन आफ्ना सहकर्मी जीवराज आश्रितका साथ मारिएको २५ वर्ष पूरा भएको छ । मदनको एकपटकको सहभागितासहित उनको दल नेकपा एमाले पाँचपटक संसदीय निर्वाचनमा सहभागी भइसकेको छ । विभाजन र एकता हुँदै यतिबेला सबैभन्दा ठूलो दल बनेको छ र उनका सहकर्मी केपी ओली दुई तिहाइभन्दा बढी सांसदको समर्थनका साथ प्रधानमन्त्री छन् । एमालेले यो सफलताको आधार मदनले प्रतिपादन गरेको जबजलाई बनाएको छ । जबज नै एमालेको सिद्धान्त भएको छ यद्यपि आज पनि एमालेभित्र पक्ष–विपक्ष मत छ । यतिबेला नेकपा एमाले अर्को प्रतिस्पर्धी कम्युनिष्ट दल माओवादी केन्द्रसँग एकताको तयारीमा छ । यो एकता प्रक्रियामा मदनद्वारा प्रतिपादित जबज सबैभन्दा बढी चर्चा र वहसमा छ । मदनपछिको २५ वर्षमा जबजबारे एमालेभित्र वहस नभएको होइन तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा जबज चर्चाको केन्द्रमा आएको हो । 

मदनपछिका २५ वर्षमा नेकपा एमाले सत्ता वा प्रमुख प्रतिपक्षका रूपमा राजनीतिको केन्द्रमा छ । चार जना नेतालाई प्रधानमन्त्री बनाएको छ । केपी ओली दोस्रोपटक प्रधानमन्त्रीका रूपमा मुलुककको बागडोर सहृमाल्दै छन् । एमालेकै नेता, मदनकी पत्नी विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति छन् । विश्वका धेरै मुलुकमा कम्युनिष्ट दलहरू नाममा सिमित हुँदै गएका बेला त्यस विपरीत नेपालमा कम्युनिष्टप्रतिको आकर्षण शिखरमा छ र यसको ठूलो हिस्सा एमालेमा छ । निःसन्देश मदनद्वारा प्रतिपादित जबजले नै एमालेलाई आजको यो सफलतामा पु¥याएको हो । एमालेले तिनै नेता मदन भण्डारीको २५ औँ स्मृति दिवस मनाउँदैछ । मदनपछिको यो २५ वर्षमा एमाले मदनकै जबजको सिद्धान्तको जगमा सफलताको शिखरमा छ, मुलुकको बागडोर सहृमालेको छ । 



Views: 4

सम्बन्धित सामग्री:

स्वस्थ मासुका लागि

: Monday, 15 October, 2018 (2:43:47 PM)