24th June | 2018 | Sunday | 8:57:52 PM

संक्रमण विरुद्ध सतर्कता

  POSTED ON : Monday, 28 May, 2018 (1:41:08 PM)

संक्रमण विरुद्ध सतर्कता

चितवनमा केही ठाउँका कुखुरा फारममा बर्डफ्लु फैलिएपछि त्यहाँका कुखुरा मारिएका छन् र सतर्कता अपनाइएको छ । बर्डफ्लु काठमाडौंमा पनि देखापरेको छ । बर्डफ्लु चारामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ । यसको संक्रमण देखापरेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ । कुखुरा फारममा यो संक्रमण भएपछि मानिसमा समेत सर्ने सम्भावना बढी हुन्छ । कुखुराको हेरचार गर्ने क्रममा नै यो संक्रमण फैलिने भएकाले बढी जोखिमपूर्ण हुन्छ । कुखुराको मासु धेरै खपत हुनेमध्येमा पर्छ । संक्रमण थाहा नपाएर संक्रमित कुखुरा र पुगे एकैपटक धेरैमा सर्नसक्ने जोखिम हुन्छ । 

बर्डफ्लु संक्रमण हुन सक्ने जोखिमका ठाउँहरूलाई निगरानीमा राख्न सरकारले कडा कदम चाल्नुपर्छ । संक्रमण देखापरेका ठाउँ र आसपासका क्षेत्रमा कुखुराको परीक्षण गरी उच्च सतर्कता अपनाउनु जरुरी छ । कुखुरापालका किसानहरूमा बर्डफ्लु संक्रमणबारे राम्रो जानकारी हुन आवश्यक छ । संक्रमण हुने अवस्था, संक्रमणको लक्षण र कृषकले तत्काल अपनाउनु पर्ने सतर्कताका बारे उनीहरूलाई जानकारी हुनुपर्छ । यसका लागि आवश्यक प्रशिक्षण÷तालिम लगायतको प्रबन्ध गर्नुपर्छ । प्रदेश सरकारहरूले यसमा विशेष ध्यान दिन जरुरी छ । स्थानीय तहले पनि यसमा काम गर्न सक्छन् । सामान्यतयाः बर्डफ्लु जाडो मौसममा छिटो फैलिने भए पनि यो जुनसुकै मौसममा देखापर्छ । अहिले गर्मी मौसममा देखापरेको छ ।

यता बर्ड फ्लु देखा परेको छ भने उता भारतमा निपा भाइरसको संक्रमणले एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ र अझै नियन्त्रण हुन सकेको छैन । निपा भाइरसविरुद्धको औषधि वा खोप पनि छैन । चमेरो, सुँगुरजस्ता जनावरबाट फैलिने निपा संक्रमण अहिलेमात्रै देखापरेको नयाँ होइन तर यसको खोप छैन । दक्षिण भारतमा देखापरेको यो संक्रमण नेपाल भित्रिने सम्भावना कति छ र यसो हुन नदिन के कस्तो सकर्तकता अपनाउनुपर्छ भन्नेमा सरकारको ध्यान जान आवश्यक छ । सरकारले सीमा क्षेत्रमा आवश्यक निगरानी बढाउनु पर्छ । खुला सिमानाको निर्वाध आवतजावत रोग संक्रमणका समयमा निकै जोखिमपूर्ण हुन्छ । 

खतरानक संक्रमण भित्रिन तथा फैलिन नदिन समयमै सबै किसिमको सतर्कता र उपायहरू अपनाउनु पर्छ । संक्रमणबारे जनचेतना निकै महŒवपूर्ण हुन्छ । यसतर्फ सरकारले ध्यान दिएको देखिँदैन । तीनवटै तहका सरकारले समन्वयका साथ काम गर्नुपर्छ । 


सम्बन्धित सामग्री:

दूध कृषकको विडम्बना

: Friday, 22 June, 2018 (1:08:35 PM)