24th June | 2018 | Sunday | 8:57:59 PM

राजधानीको कष्टसाध्य यातायात

  POSTED ON : Tuesday, 29 May, 2018 (2:17:23 PM)

राजधानीको कष्टसाध्य यातायात

राजधानी उपत्यका काठमाडौंको यातायात निकै कष्टसाध्य छ । ट्राफिक जाम यहाँको मुख्य समस्या हो । यसबाट निजी र सार्वजनिक सवारीसाधन सबैका यात्रु पीडित छन् । सवारी साधानको उच्च चापको समयमा ट्राफिक जाम बढी हुन्छ । राजधानी उपत्यकामा ट्राफिक जामको समस्याका कारणहरू मध्ये सवारीसाधनको उच्च चाप मुख्य हो । राजधानीको बढ्दो जनसंख्यासँगै निजी सवारीसाधनको संख्या बढ्दैछ, सार्वजनिक साधनका यात्रुको संख्या कमगर्न यसको योगदान भने नगन्य छ । सार्वजनिक सवारीमा केही ठूला बसको प्रवेश भएको छ तर पर्याप्त संख्यामा सबै रूटहरूमा नहुँदा साना गाडीमा पनि यात्रुको चाप अधिक छ । ट्राफिक जाम धेरै गराउनेमा साना गाडी अगाडि छन् । 

ट्राफिक नियम पालनामा प्रहरीको सक्रियता र कडाइको सकारात्मक प्रभाव परेको छ तर त्यो पर्याप्त छैन । आवश्यक ठाउँहरूमा ट्राफिक लाइट छैन र भएकै ठाउँमा पनि मर्मतसम्भार नहुदा चल्न सकेको छैन । धेरै चाप हुने ठाउँहरूमै पनि पैदल यात्रुका लागि बाटो काट्ने वैकल्पिक उपाय छैन । कार्यालयहरू खुल्ने र बन्द हुने समयमा हुने उच्च सवारी चाप कम गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले स्कुल र कलेजका बसका लागि समय थियो । बिहान नौ बजेसम्ममा विद्यार्थी स्कुल÷कलेज पु¥याइसक्नुपर्ने र अपराहृन चार बजेभित्र स्कुल÷कलेजबाट लगिसक्नुपर्ने भने पनि यो व्यावहारिक नहुँदा कार्यान्वयन हुन सकेन । लामो ट्राफिक जामले समय व्यवस्थापन कठिन भएको छ ।    

सार्वजनिक साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन छ । यसमा ट्राफिक प्रहरीले कडाइ गरेको छ, जरिवाना लिन्छ तर साना–ठूला सबै साधनमा सिट तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे साना साधनमा सिटसंख्याभन्दा बढी यात्रु राख्न नपाउने नियम छ तर कोचाकोच नै हुन्छ । कोचिएरै भए पनि जानुपर्ने यात्रुको बाध्यता र सकेसम्म बढी यात्रु बोक्ने चालकको चाहनाले यात्रा जोखिमपूर्ण बनाएको छ । ठूला बसहरूले साना साधनलाई विस्थापन नगरेसम्म यो अवस्थामा सुधार आउने देखिँदैन । साना सवारी साधान विस्थापन गर्ने सरकारी नीति छ । सिण्डिकेट तोडिएको छ । यसले केही सहज भए पनि राजधानीको कष्टसाध्य यातायातमा चाँडै सुधार आउने देखिँदैन । 

सरकारले मनोरेल, मेट्रोरेल लगायतका महŒवाकांक्षी योेजना अघि सारेको छ । यो बन्दै पनि जाला तर त्यसअघिसम्म त अहिलेको ट्राफिक समस्यामा सुधार हुनुपर्छ । धेरै ठाउँका साँघुरा सडक तर सवारीसाधनको उच्च चाप, ट्राफिक नियम पालना नगर्ने हेपाहा प्रवृत्ति, ट्राफिक व्यवस्थापनका लागि अति आवश्यक भौतिक सुविधा र जनशक्तिको अभावजस्ता कारणले राजधानीको यातायात झन् कठिन हुँदै गएको छ । यसले दुर्घटना पनि बढाउँदै लगेको छ । ट्राफिक प्रहरीले उपलब्ध स्रोतसाधानको अधिकतम उपयोग गरेको छ तर यतिले मात्रै पुग्दैन । यसमा सरकारले ध्यान दिनुपर्छ । स्रोतसाधन दिनुपर्छ । ट्राफिक व्यवस्थापनमा सघाउने संरचनाहरू मर्मतसम्भार गरी चालु राख्नुपर्छ । 


सम्बन्धित सामग्री:

दूध कृषकको विडम्बना

: Friday, 22 June, 2018 (1:08:35 PM)