18th November | 2018 | Sunday | 6:31:38 PM

चीन भ्रमणको सार्थकता

  POSTED ON : Sunday, 24 June, 2018 (4:41:58 PM)

चीन भ्रमणको सार्थकता


प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पूर्वतयारी अनुरूप नै केही महŒवपूर्ण सहमति र सम्झौता भएका छन् । नेपालको विकासमा चीनले सहयोग गर्ने र चिनियाँ लगानी भिœयाउने विषयमा सरकारी र निजी दुवै स्तरमा भएका सम्झौताहरू दूरगामी प्रभाव र महŒवका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा प्रधानमन्त्री स्वयम् र सर्वसाधारण नागरिकको तहमा निकै अपेक्षा र महŒवाकांक्षा देखिएको हो । खासगरी दुई वर्षअघि ओलीले नै व्यापार र पारवहनमा गरेका सम्झौताले अपेक्षाको दायरा फराकिलो पारेको थियो । सोहीअनुसार यसपटक आशा जागाउने काम भएको छ । नेपालको विकास र समृद्धिमा चीनबाट भरपर्दो सहयोग र साझेदारी हुने विश्वास बढेको छ । 

लगानीको ढाँचाका बारेमा प्रष्ट हुन बाँकी भए पनि चिनियाँ रेल नेपाल भित्रिनेमा विश्वास बढेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणका लागि अनुमान गरिएको सात वर्षको अवधि निकै छोटो हो । अपेक्षाअनुसारै काम अघि बढे ढिलो चाँडो नेपालमा चिनियाँ रेल कुद्ने छ र यसले सम्भवनाका धेरै ढोकाहरू खोल्नेछ । चीनसँग भएका सहमति र सम्झौता कार्यान्वयन नेपालको चासो र कार्यक्षमतामा भर पर्नेछ । दुई वर्षअघिको पहिलो भ्रमणमा भएको व्यापार र पारवहन सम्झौता कार्यान्वयनको तहमा अघि बढ्न नसकेको पृष्ठभूमिमा फेरि पनि अवस्था उही हुने हो कि भन्ने शंका गर्ने ठाउँ छ । यसमा नेपाललाई केही शंकाको सुविधा भने अवश्य छ– संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन निर्धारित अवधिभित्र गरिसक्नु पर्ने बाध्यात्मक अवस्था । अब भने नेपालको बढी सक्रियता आवश्यक पर्नेछ । 

ऊर्जाको विकासमा भएका सम्झौताहरू पनि दूरगामी महŒवका छन् । चिनियाँ लगानी भिœयाउन पर्याप्त सहमति भएको छ । चिनियाँहरू निकै विश्वासिलो वातावरणमा मात्रै काम गर्न रुचाउँछन् । लगानीको विश्वासिलो वातावरण बनाउने काम नेपालकै हो । सहमति र सम्झौताहरू गर्ने तर कार्यान्वयन नहुने वा धेरै ढिलो हुने प्रवृत्ति छ । बलियो जनमतयुक्त सरकारले कार्यान्वयनका लागि दृढतापूर्वक काम गर्न सक्छ । कुनै अनपेक्षित घटना नभए वर्तमान सरकारले पाँच वर्षको पूर्णअवधि पूरा गर्नेछ । यो सरकारले चीन र भारत दुवै देशसँग भएका सहमति र सम्झौताहरू द्रुत गतिमा कार्यान्वयन गर्न आवश्यक निर्णय लिन सक्छ । कमजोर आर्थिक अवस्थामा ऋणको अतिरिक्त भार नथपी दुवै छिमेकको सहयोग लिने कूटनीतिक कौशल आवश्यक पर्नेछ । 

चीनबाट नेपालमा लामो समयदेखि राष्ट्रप्रमुख तथा सरकार प्रमुखका तहमा भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री ओलीले भ्रमणका लागि निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीको कूटनीतिक कौशल चीनबाट उच्चस्तरीय भ्रमणको कसीमा पनि हेरिने छ यद्यपि भ्रमण चिनियाँ नेताहरूको प्राथमिकतामा पनि भर पर्नेछ । तुलनात्मकरूपमा समग्रमा प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल मान्नुपर्छ । यसको सार्थकता भने सहमति र सम्झौताहरू नेपालको हितमा कार्यान्वयनको कसीमा नापिनेछ । 



Views: 17

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)