11th December | 2018 | Tuesday | 7:57:01 PM

पर्यटन लक्ष्यमा पूर्वाधार

  POSTED ON : Monday, 06 August, 2018 (4:14:04 PM)

पर्यटन लक्ष्यमा पूर्वाधार

मुलुकको आर्थिक विकासका लागि पर्यटन एक महŒवपूर्ण क्षेत्र हो । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र पर्यटक संख्या २० लाख पु¥याउने योजना अघि सारेको छ । अहिलेको पर्यटन पूर्वाधारमा यो निकै महŒवाकांक्षी लक्ष्य हो । यही बीचमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा पाँच वर्षीय कार्यदिशा सार्वजनिक गरेको छ । आगामी पाँच वर्षभित्रमा पर्यटक संख्या २५ लाख पु¥याउने र कुल राष्ट्रिय आम्दानीमा पर्यटनको हिस्सा १० प्रतिशत पु¥याउने भनिएको छ । निःसन्देह, नेपाल पर्यटकीय मुलुक हो तर पर्याप्त पूर्वाधार नहुँदा पर्यटकको संख्या लक्ष्यअनुसार बढ्न सकेको छैन । 

सन् २०१७ मा १० लाख पर्यटक  भित्रिएको तथ्यांक छ । यस आधारमा हेर्दा डेढ वर्षपछिको भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य चानचुने होइन । पाँच वर्षे कार्ययोजनामा पूर्वाधार विकासमा जोड दिइएको छ । सातवटै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, पाँच वर्षभित्र सबै प्रदेशमा मौलिक संग्रहालय स्थापना गर्ने, नेपाल वायुसेवा निगमको क्षमता वृद्धि गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने लगायतका योजना मन्त्रालयको छ । धार्मिक पर्यटकीय क्षेत्रका गुरुयोजना, राष्ट्रिय गौरवका आयोजना, पर्यटन पूर्वाधार, भूकम्पपछिको पुनर्निर्माण, विशिष्ट पहिचानका सम्पदाको संरक्षण आदि योजना छन् । प्राथमिकताका ११ वटा क्षेत्र निर्धारण गरिएको छ । बाम गठबन्धनको चुनावी घोषणापत्रमा १० वर्षमा ५० लाख पर्यटक पु¥याउने भनिएको थियो । 

मन्त्रालयले महŒवाकांक्षी लक्ष्य अघि सार्छन् तर लक्ष्य पूरा गर्ने पर्याप्त आधार हुँदैन । पर्यटन सरकार एक्लैको बुताको क्षेत्र पनि होइन, निजी क्षेत्रको ठूलो सहभागिता र लगानी छ । पर्यटकको सेवामा निजीक्षेत्र संलग्न छ । सरकारले गर्ने पूर्वाधार विकासका काम लक्ष्यअनुसार सम्पन्न हुनसके निजीक्षेत्र स्वतः अगाडि आउँछ । होटलहरुको क्षमता वृद्धिलगायत सेवाका क्षेत्रमा निजीक्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्छ । भ्रमण वर्ष २०२० मा पर्यटक संख्याको लक्ष्य पूरा गर्न हालको होटल क्षमता पनि भण्डै दोब्बर गर्नुपर्छ । अब केन्द्र सरकारमात्रै छैन, प्रदेश र स्थानीय सरकार पनि छन् । सबैले आआफ्ना क्षेत्रबाट समन्वयात्मक ढंगले काम गर्न सके भने लक्ष्य पूरा हुनसक्छ । 

महŒवाकांक्षा भएरमात्रै हुँदैन, लक्ष्यमा पुग्ने पूर्वाधार विकास मुख्य कुरा हो । पर्यटकमा यात्रा सुरक्षा र सुविधाको विश्वास पनि बढाउनुपर्छ । यसतर्फ पहल गर्न उत्तिकै जरुरी छ । नेपाल भ्रमण वर्ष १९९८ र पर्यटन वर्ष २०११ समेतको अनुभव सन् २०२० को भ्रमण वर्षका लागि उपयोगी हुनेछ । आगामी पाँच वर्षको पर्यटन लक्ष्य पूरा गर्न यो भ्रमण वर्षको सफलता कोशे ढुंगा हुनेछ । महŒवाकांक्षी योजना र लक्ष्यमा पूर्वाधार विकास नै प्राथमिक कुरा हो । पूर्वाधारमा जति जोड दिइन्छ र प्रचारप्रसार हुन्छ त्यति नै पर्यटक संख्या बढ्छ । हाम्रो आर्थिक विकास र समृद्धिका लागि पर्यटन मुख्य प्राथमिकताको क्षेत्र हुनुपर्छ । 



 


Views: 19

सम्बन्धित सामग्री:

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)

विद्रोही बहिष्कार

: Monday, 10 December, 2018 (2:29:51 PM)

वहसको निम्तो पो !

: Sunday, 09 December, 2018 (6:03:58 PM)