15th December | 2018 | Saturday | 9:08:45 PM

जनमतको उपहास नगर

  POSTED ON : Thursday, 11 October, 2018 (2:23:00 PM)

जनमतको उपहास नगर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बर्दियाबाट चुनाव हारेका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभामा ल्याउने प्रयास गरेपछि चौतर्फी चर्को आलोचना सुरु भएको छ । गौतमका लागि काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आफूले पार्टीमा राजीनामको निवदेन बुझाएको सार्वजनिक जानकारी गराएका छन् । गौतम झिनो मतले हारेका हुन् । हारजित जतिसुकै मतले पनि हुनसक्छ । उनले आफूलाई षड्यन्त्रपूर्वक हराइयो भन्दै आएका छन् र त्यसको क्षतिपूर्तिस्वरूपमा अर्को निर्वाचन क्षेत्रबाट निर्वाचित हुन खोजेका छन् । पार्टीको अन्तिम निर्णय आइसकेको छैन । 

हाम्रो संवैधानिक र कानुनी व्यवस्थाअनुसार गौतम पाँच वर्षका लागि जनमतबाट अस्वीकृत भएका हुन् । उनी पाँच वर्षमा हुने अर्को निर्वाचनबाट जनमत लिएर आउनुपर्छ । अहिले मुलुक असामान्य अवस्थामा छैन । गौतमले हारेका हुन्, उनको पार्टीले जितेको मात्रै छैन दुई तिहाई बहुमतका साथ सरकारमा छ । कुनै खास नेता संसदमा नरहेका कारणले सरकार र संसदको कुनै कामकारबाहीमा असर परेको होइन, यही नेता चाहियो भन्ने माग भएको पनि होइन । गौतमलाई प्रतिनिधिसभामा पुग्ने र क्रमशः सत्ताको अभ्यासमा लाग्ने महŒवाकांक्षा हुन सक्छ र तर उनको महŒवाकांक्षा पूरा गर्न निर्वाचित अर्को जनप्रतिनिधिले त्याग देखाउनु पर्ने र राज्यले अतिरिक्त व्ययभारबाट उनलाई निर्वाचित गराउनुपर्ने होइन । 

पार्टीमा गौतमको भूमिका महŒवपूर्ण हुनसक्छ । त्यो भूमिका निर्वाहका लागि उनी प्रतिनिधिसभामा निर्वाचित नभई नहुने होइन । सरकारमा उनको आवश्यकता परेको पनि होइन । उनी जनताका लागि नयाँ नेता पनि होइनन् । पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेका हुन् । उनका लागि नजिकै अर्को अवसर नभएको पनि होइन । उनी साढे एक वर्षपछि राष्ट्रियसभाबाट संसदमा आउन सक्छन् । प्रतिनिधिसभाको अर्को निर्वाचनबाट निर्वाचित हुन सक्छन् । यति सम्भावना हुँदा हुँदै गौतमले कुनै निर्वाचित सदस्यलाई बलजफ्ती राजीनामा गराएर म निर्वाचित हुन्छु भन्नु जनमतको अनादर हो । लोकतान्त्रिक पद्धतिको उपहास हो । उनको अनुचित हठ हो । 

गौतम प्रतिनिधिसभामा आउनै पर्ने मुलुकको आवश्यकता परेको हो भने त्यो आमरूपमा पुष्टि हुन सक्नुपर्छ । उनको योग्यता र उनका समकालीन नेताको तुलनामा उनको अतिरिक्त क्षमता छ र मुलुकलाई तत्कालै आवश्यक परेको हो भन्ने पुष्टि हुनु पर्छ । यसो गर्न नसके एक ठाउँको हारको प्रतिशोधका लागि अर्को ठाउँको निर्वाचित प्रतिनिधिलाई बलजफ्ती निस्कासन गरेको ठहर्छ । राज्यका लागि आवश्यक नपरेको निर्वाचनका लागि राज्यकोष किन खर्च गर्ने ? कुनै व्यक्तिको महŒवाकांक्षाका लागि लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाउनु हुँदैन । मुलुक लोकतान्त्रिक प्रणाली संस्थागत गर्ने चरणमा छ ।

समय छ, पार्टीले निर्णय गरिसकेको छैन । नेताहरूले विवेक पु¥याऊन्, बाटो नबिराऊन् ।

Views: 72

सम्बन्धित सामग्री:

अस्थिर शेयर बजार

: Thursday, 13 December, 2018 (2:07:34 PM)

प्रदेश परिषद् बैठक

: Tuesday, 11 December, 2018 (2:07:22 PM)