19th November | 2018 | Monday | 2:05:00 AM

मदिरा मनासिव नियन्त्रण

  POSTED ON : Sunday, 14 October, 2018 (3:20:47 PM)

मदिरा मनासिव नियन्त्रण

महिलामाथि हिंसा र बलात्कार हुने कारणहरू के के हुन् ? यो निकै जटिल प्रश्न हो । यसको सोलोडोलो जवाफ पाउन कठिन छ । गृहमन्त्री रामबहादुर थापाले एउटा निष्कर्ष सुनाए– महिलामथि हुने हिंसाको ७० प्रतिशत कारण मदिरा हो । निष्कर्ष गहन अध्ययनमा आधारित हो कि अनुमान हो त्यो गृहमन्त्री थापालाई नै जानकारी होला । केही दिनअघि उनले पुँजीवादका कारणले बलात्कार बढेको भन्ने निष्कर्ष सुनाएका थिए । त्यो पुँजीवादका अवयवहरूबारे उनले थप प्रष्ट पारेका छैनन् । मदिराको कुरा नयाँ होइन । मदिराका कारणले महिलाले भोग्नु परेका समस्याहरूका बारेमा धेरै चर्चा हुने गरेको छ । 

मदिरा बेचबिखन र सेवन नियन्त्रणका लागि सरकारले सानोतिनो प्रयास नगरेको होइन तर निरन्तरता पाउन सकेन । घरेलु मदिराको व्यापार बर्जित छ । प्रहरीले घरेलु मदिरा बरामद गरेर नष्ट गरेको भन्ने समाचार बाक्लै आइरहन्छ । घरेलु मदिराको व्यवसाय भने लुकीछपी चलेकै छ । आधुनिक मदिराको तुलनामा सस्तो हुने भएकाले व्यवसाय चलेको हुनुपर्छ । आधुनिक मदिरा बिक्रीमा पनि केही वर्षअघि सरकारले कडाइका साथ नियन्त्रणको प्रयास गरेको हो तर त्यसले निरन्तरता पाएन । जहाँ पनि, जुन बेला पनि जुनसुकै उमेरकाले मदिरा किन्न पाउनु हाम्रो विशेषता नै हो भने पनि हुन्छ । यसो भएपछि नियन्त्रण गफमै वा कागजी नीतिमा सिमित हुनु अनौठो भएन । 

हालै सुदुरपश्चिमको एउटा गाउँपालिकाले मदिरा किन्नेसँग अनुमतिपत्र हुनुपर्ने नियम लगाएको छ । त्यसको कार्यान्वयन कति प्रभावकारी हुन्छ, गाउँपालिकाले कति निरन्तरता दिनसक्छ देखिँदै जानेछ तर त्यो प्रयास सकारात्मक मान्नुपर्छ । मदिरा उत्पादन र बिक्रीका लागि अहिको नीतिगत र कानुनी व्यवस्था प्रभावकारीरूपमा अवलम्बन गर्ने हो भने विकृति केही हदसम्म नियन्त्रण हुन सक्छ । मदिराको खुला व्यापार र सेवनले उत्पन्न गरेका समस्याहरूका अनेक आयाम छन् । पारिवारिक, सामाजिक, आर्थिक अनेक आयमहरू हुन सक्छन् । स्वास्थ्यमा हुने हानीको अर्को बृहत पाटो छ । हालै एक अध्ययनले थोरैभन्दा थोरै मदिरा पनि स्वास्थ्यका लागि हानिकारक हुने निष्कर्ष निकालेको छ । 

घरेलु मदिरा उत्पादन र प्रयोगका केही पम्परागत मान्यताहरू पनि छन् । कतिपय जातजातिमा परम्परागत अनुष्ठानहरूका मदिरा अनिवार्य छ । आधुनिक मदिराको प्रयोग त झन् व्यापक बन्दै गएको जस्तो देखिन्छ । भोजभतेरमा मदिरा अनिवार्य हुने गरेको छ । मदिरा प्रयोग सम्पन्नता र आधुनिकताको प्रतीकका रूपमा समेत स्थापित हुन थालेको छ । मदिराले पारिवारिक र सामाजिक विकृति बढाउन मद्दत गरेको कुरामा धेरै बहस नहोला तर नियन्त्रित प्रयोग कसरी हुन्छ भन्नेमा भने सोच्न अनिवार्य भएको छ । महिलामाथि हिंसा हुनुका कारणमध्ये मदिरा नै मुख्य हो भन्ने निष्कर्षमा पुगेका गृहमन्त्रीलाई नियन्त्रणमा पाइला चाल्न कुनै अवरोध छैन । 

सरकारले कदम चाल्नै पर्छ मदिराको नियन्त्रित प्रयोगका लागि । मदिराको खुला र अनियन्त्रित प्रयोग रोक्नै पर्छ । कतै कानुनी समस्या छ भने त्यो पनि फुकाउनुपर्छ । समस्याको कारण मदिरा नै हो भने मानसिब नियन्त्रणका लागि किन अलमल ¤ 


Views: 71

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)