19th November | 2018 | Monday | 2:44:12 AM

स्वस्थ मासुका लागि

  POSTED ON : Monday, 15 October, 2018 (2:43:47 PM)

स्वस्थ मासुका लागि

नेपालीको ठूलो चाड दशैँमा मांसपरिकारको खपत धेरै हुन्छ । खसी नकाटे के दशैँ भन्ने त आहान नै छ । धार्मिक सांस्कृतिक महŒवसँगै दशैँ मासुका परिकार खाने चाडका रूपमा लिइन्छ । ग्रामीण क्षेत्रका बासिन्दा धेरैले दशैँका लागि भनेर घरमै खसीबोका पालेका हुन्छन् । नपालेकाले पनि केही दिनअघि नै किनेर ल्याउँछन् । शहरी क्षेत्रमा पनि दशैँमा खसीबोका, च्याङ्ग्रा किन्ने चलन छ तर मासु खपतको तुलनामा त्यो निकै कम छ । तयारी मासु किनेर ल्याउने चलन नै बढी छ । दशैँ होस् वा अरू समय, मासुका लागि काटिने खसीबोका, च्याङ्ग्रा, राँगा र अरू जनावरको स्वास्थ्यको कुरा भने ओझेलमा पर्छ । 

राजधानीमा बेचिने खसीबोका, च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर चिहृन लगाउने गरिएको भए पनि पर्याप्त जनचेतनाको अभावमा उद्देश्य भने पूरा भएको हुँदैन । अस्वस्थ जनावर बिक्री भइरहेका हुन्छन् । अस्वस्थ जनावरको मासु पनि अस्वस्थकर हुन्छ जसले उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउँछ । यता मासु व्यवसायीका वधशालाको अवस्था त मासुको उपभोगका कुनै कोणबाट पनि उपयुक्त छैन, पूरै अस्वस्थकर छ । यस सन्दर्भमा कृषि मन्त्री चक्रपाणि खनालको एउटा अभिव्यक्ति नै पर्याप्त छ बजारमा बिक्री हुने मासुको अवस्था कस्तो छ भनेर थाहा पाउन । उनले ‘म उपभोक्तालाई मासु ढुक्कले खानुस् भन्न सक्दिनँ’ भनेका छन् । सरकारी अनुगमनका क्रममा वधशाला अत्यन्तै फोहोर फेला पर्ने गरेका छन् । फोहोर खोलाकिनार, खुला ठाउँ, झिँगा भन्केका र किरा परेक ठाउँ फेला पर्छन् । 

मासु सेवन यसै पनि उति स्वस्थकर मानिँदैन । स्वस्थ तरिकाले वध गरेर तयार गरेको र स्वस्थ तरिकाले बनाएको मांसपरिकार उचितमात्रमा सेवन गर्न चिकित्सक तथा पोषणविदहरूले सल्लाह दिने गरेका छन् । अस्वस्थ तरिकाले तयार गरेर बजारमा बेच्न राखिएको मासुको परिकार पनि अस्वस्थकर नै हुन्छ । कुनै रोगले संक्रमित वा बध, ढुवानी, चिस्यान लगायतमा गलत तरिका अपनाउँदा मासु अस्वस्थकर बनेको हुन्छ । यस्तो मासुको परिकार बनाउने क्रममै पनि मानिसलाई कुनै किसिमको संक्रमण हुन सक्छ । यस्तो मासुको परिकार सेवन गर्नु हानिकारक त हुने नै भयो । स्वस्थ मासुबारे पर्याप्त जनचेतना नहुँदा अस्वस्थ मासु उत्पादन र बेचबिखन मौलाएको हो । 

सरकारको नियामक निकायले अनुगमन त गर्छ, फाटफुट कारबाही गरेजस्तो पनि गर्छ तर त्यो पर्याप्त हुँदैन । आधुनिक वधशाला छैनन् । मापदण्ड छैन । सफा पानीको प्रयोग हुँदैन । चिस्यानमा प्राविधिक ज्ञान छैन । यी कारणहरूले अक्सर उपभोक्ताले अस्वस्थकर मासु उपभोग गरेका हुन्छन् । यसले स्वास्थ्यमा फाइदाको त कुरै भएन हानी नै बढी पु¥याएको हुन्छ । मांस परिकारको उपभोग खाद्य वस्तुको अभिन्न भाग हो । शाकाहार नगन्य छ । मासुका लागि पालिएका जनावरको स्वास्थ र स्वस्थ तरिकाले मासु उत्पादन र बिक्रीका लागि मापदण्डको काडाइका साथ कार्यान्वयन हुन आवश्यक छ, कुनै चाड विशेषमा मात्रै नभई निरन्तर । 


Views: 74

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)