19th November | 2018 | Monday | 2:04:17 AM

मिठाई मोह

  POSTED ON : Monday, 05 November, 2018 (5:56:34 PM)

मिठाई मोह

मिठाई भनेको मिठो, गुलियो भएपछि झन् मिठो मान्ने हाम्रो परम्परा छ । खुशीयाली, आफन्त र मित्रजन भेट, चाडवाड, भोजभतेर सबैमा मिठाईका परिकार चलाइन्छन् । हाम्रा ठूला चाडहरूमध्ये तिहारमा मिठाई निकै चल्छ । मिठाईका परिकार निकै महँगा पनि हुन्छन् । महँगा र धेरैका प्रिय परिकार मिठाई स्वास्थ्यका लागि भने उचित मानिँदैनन् । धेरै गुलियो, चिल्लो र परिकार तयारीका क्रममा प्रयोग हुने अवयवहरू स्वास्थ्यका लागि उचित मानिएका छैनन् । 

गुलियो मिठो भए पनि शरीरमा चिनी र कोलस्टेरलको मात्रा बढाउन यसको भूमिका हुन्छ । ढल्कँदो उमेरका मानिसका लागि मिठाई उचित मानिँदैन । मिठाई अकर्षक देखाउन प्रयोग हुने रङको गुणस्तरमा सधैँ प्रश्न उठ्ने गरेको छ । सामान्यतया यस्तो रङ अखाद्य नै वा कम गुणस्तरको प्रयोग हुने गरेको पाइएको छ ।  खान मिल्ने गुणस्तरीय रङ तुलनात्मक रूपमा निकै महँगो हुने भएकाले पनि कम गुणस्तरको वा अखाद्य रङ नै पनि प्रयोग हुन्छ । यसले स्वास्थ्यमा तत्कालै कुनै असर नदेखिए पनि प्रभाव दीर्घकालीन हुन्छ ।

रङपछि कुरा आउँछ मिठाई अलिक धेरै दिन टिकाउ प्रयोग हुने रासायनिक वस्तु अर्थात प्रिजर्भेटिभ्स् । सामान्यतयाः प्रिजर्भेटिभ्सहरू हानिकारक नै हुन्छन् । यसबाहेक विभिन्न अखाद्य वस्तुको मिश्रण हुने तथा पर्याप्त सरसफाइ नहुने समस्या छँदैछ । खाद्यवस्तु पनि म्याद नाघेका प्रयोग हुने गरेको सरकारी अनुगमनमा फेला पर्ने गरेको छ । म्याद नघेपछि त्यो अखाद्य नै हुन्छ । फोहोर अर्को ठूलो समस्याका रूपमा रहेको छ । बाहिरबाट निकै सफा र अकर्षक देखिने मिठाई पसल÷भण्डारहरूका किचन फोहोर भएकै कारण सरकारी तालाबन्दीमा पनि पर्ने गरेका छन् ।

उपभोक्ताहरू त उत्पादकलाई विश्वास गर्छन् । हेर्दा राम्रो देखिएपछि रामै्र ठान्नु प¥यो । आफैँ गुणस्तर नापजाँच गर्ने क्षमता उपभोक्तामा हुँदैन । स्वादमा मिठो भएपछि यसै राम्रो भइगयो । गुणस्तर कायम गर्ने र स्वस्थकर परिकार बिक्री गर्ने काम व्यवसायीकै हो । व्यवसायीले बेइमानी गरे उपभोक्ताको केही लाग्दैन । नाफा कमाउनु व्यवसायको उद्देश्य हो तर नाफाको अर्थ उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र््याइँ होइन । उपभोक्ताको कमजोर चेतनाको नाजायज फाइदा  व्यवसायीले लिनु हुँदैन । 

मिठाईजस्तो धेरैको प्रिय र सदावहार खपत हुने परिकार स्वस्थकर हुनुपर्छ भन्नेमा दुई मत हुनै हुँदैन । व्यवसायीले इमान छाड्नु हुँदैन । स्वस्थकर परिकार उत्पादन गर्नुपर्छ । उपभोक्ताले आफ्नो स्वास्थ्य अवस्था ख्याल राखेरमात्रै परिकार उपभोग गर्नुपर्छ । अनि, अर्को मुख्य कुरा हो नियामक निकायको अनुगमन । निरन्तर अनुगमन अनिवार्य छ । अनुगमनभन्दा पनि बढी महŒवको पक्षचाहिँ व्यवसायीको इमान र उपभोक्ताको चेतना नै हो । 


Views: 54

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)