24th July | 2019 | Wednesday | 2:10:36 PM

फेरि अनशनमा डा. केसी

  POSTED ON : पुष २६, २०७५ (६:५२ AM)

फेरि अनशनमा डा. केसी

यता संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित ग¥यो । उता डा. गोविन्द केसी सुदूर पूर्वको पहाड इलाम पुगेर आमरण अनशनमा बसे । यो उनको सोह्रौँ अनशन हो । चिकित्सा शिक्षा सुधारका लागि संघर्ष गरिरहेका डा. केसी जुम्ला पुगेर ६ महिनाअघि गरेको अनशन झन्डै एक महिनामा समाप्त हुँदा उनी फेरि अनशन बस्ने छैनन्, बस्नुपर्ने छैन भन्ने अपेक्षा गरिएको थियो । सोह्रौँपल्ट अनशन गर्नु नपर्ने गरी सरकारले सहमति पालना गर्ने अपेक्षा थियो । तर यसो हुन सकेन । डा. केसीले फेरि आमरण अनशन सुरु गरेका छन् । सरकारले धोका दिएको उनको आरोप छ । 

चिकित्सा शिक्षा विधेयकमा देखिने गरी जालसाझी भएको छ । एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति भएको थियो । यसमा मेडिकल कलेजहरूको प्रभावकारी अनुगन हुन सकोस्, शिक्षा गुणस्तरीय होस् भन्ने उद्देश्य थियो डा. केसीको । सरकारले यसमा छलछाम गरेको छ । काठमाडौं उपत्यकामा त नयाँ खुल्ने छैन तर बाहिर आशयपत्र पाइसकेका मेडिकल कलेजका लागि भने पाँचवटाको हदबन्दी नलाग्ने व्यवस्था विधेयकमा गरिएको छ । पाँचवटा भन्दा बढीलाई सम्बन्धन दिइसकेको भए पनि आशयपत्र पाएको भए उसले पनि पाउने भयो । यसो नगरी सम्बन्धन दिने उपाय थियो तर गरिएन । 

सहमतिमा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गर्ने भनिएको थियो । पाठ्यक्रम, परीक्षा, अनुगमन, नियमन, आवश्यकता पहिचान लगायत लागि आयोगले काम गर्ने भनिएको थियो । आयोग रहने व्यवस्था त भयो तर चिकित्सा विश्वविद्यालय खोल्ने प्रावधान घुसाएर आयोगलाई औचित्यहीन बनाउने प्रयास भएको छ । आयोगमात्रै कहाँ हो र, छुट्टै विश्वविद्यालय नै बनाउने भयौँ भनेर भ्रम छर्ने प्रयास भएको छ । चिकित्सा विश्वविद्यालय आवश्यक ठानिएला । सरकारले त्यस्तो विश्वविद्यालय स्थापना पनि गर्ला तर विश्वविद्यालय स्थापना र बन्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन फरक कुरा हुन् । 

प्रस्टै छ, सरकार केही मेडिकल कलेजहरूलाई सम्बन्धन दिन चाहन्छ । मौजुदा ऐन, नियमअनुसारै आशयपत्र पाइसकेका र मापदण्ड पूरा गरेका कलेजले सम्बन्धन पाउने बाटो खोल्नु उचित हुन्छ । एक विश्वविद्यालयले पाँचवटा भन्दा बढीलाई नदिने सहमतिमै यस्तो बाटो थियो । सायद सरकार सबै सहमति पालना गर्नु आवश्यक ठान्दैन, जो गलत छ । अझै पनि मौका छ । संसद्ले सच्याउन सक्छ । चिकित्सा शिक्षामा सुधार चाहिएको तथ्यमा कोही पनि असहमत छैन । विधेयकमा जालसाझी भएको छ । भएको छैन भन्ने सरकारको जिकिर हो भने डा. केसीलाई कुरा बुझाएर अनशन फिर्ता गराओस् । उनले अनशन बस्छु भन्ने चेतावनी दिएकै थिए । 


Views: 101

सम्बन्धित सामग्री:

आदर्श नेताको स्मरण

: श्रावण ८, २०७६ (७:४१ AM)

‘अभागी’ भ्रष्टाचारी !

: श्रावण ७, २०७६ (६:१० AM)

सुधार्नै पर्ने खर्च प्रवृत्ति

: श्रावण ६, २०७६ (६:५४ AM)