18th July | 2019 | Thursday | 2:28:23 AM

दिगो रानीपोखरी

  POSTED ON : फाल्गुन २२, २०७५ (५:२७ AM)

दिगो रानीपोखरी

विनाशकारी भूकम्पले क्षति भएको तीन वर्ष हुनै लाग्दा राजधानी काठमाडौंको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणको काम यसअघि पनि सुरु नभएको होइन । भूकम्प गएकै दश महिनापछि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपतिबाट उद्घाटन समेत भएको हो तर काम अघि बढेन । काठमाडौं महानगरपालिकाले पनि काम नथालेको होइन तर आफैँभित्रको विवाद मिलाउन सकेन । कुन शैलीमा पुनर्निर्माण गर्ने, कस्तो निर्माण सामग्री प्रयोग गर्ने जस्ता विषयमा उत्पन्न विवाद मिलाउन सरोकारवालाहरू असफल हुँदा राजधानीको केन्द्रमा रहेको रानीपोखरी झाडीमा परिणत हुन पुग्यो । अन्ततः पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिको जिम्मामा पुगेको छ । 

ऐतिहासिक र सांस्कृतिक महŒव छँदैछ, यससँगै रानीपोखरी राजधानीको शोभा पनि हो । राजधानीको केन्द्रीय भागमा त्यति सुन्दर पोखरी आफैँमा गौरवको कुरा हो । यति महŒवको सम्पदा फटाफट पुनिर्निर्माण हुनुपथ्र्यो । विवाद, वहस र छलफल हुनु अस्वाभाविक होइन तर समाधान नहुनु अस्वाभाविक भएको थियो । अपेक्षितभन्दा निकै ढिलो भएरै पनि पुनर्निर्माण हुने भयो, काम सुरु भयो । यसमा खुसी  मान्नुपर्छ । प्राधिकरणको पहल सराहनीय छ । अब अर्को कुनै वहानामा काम अवरुद्ध हुनु हुँदैन । सम्भावित विवाद र समस्या समाधानका लागि तयार रहनुपर्छ । सबै सरोकारवालाहरू समाधानमुखी हुनुपर्छ । 

रानीपोखरी थियो तर पानी क्रमशः सुक्दै गएको थियो । अध्येताहरूले चिन्ता प्रकट गर्न थालेका थिए । चाँडै सुक्न सक्छ भनेर सचेत गराएका थिए । पानी घट्नुको खास कारण भने पत्ता लागेको थिएन । भौतिक संरचनाहरू बढ्दै गएपछि पानीको प्राकृतिक भूमिगत मार्गमा असर परेर द्रुत गतिमा घटेको हुनसक्ने अनुमान गरिएको थियो । भौतिक संरचनाकै कारणले जमिनमा पुनर्भरण कम भएर पनि असर परेको हुनसक्छ । राजधानीमा पानीका परम्परागत प्राकृतिक स्रोतहरू सबैजसो सुकेका छन् । ढुंगेधाराहरू रित्ता छन् । यस्तोमा रानीपोखरीमात्रै कसरी भरिभराउ हुन्थ्यो र ¤ पोखरी त पानीले हुने हो नत्र चौर हुन्छ, र अरू के के बन्छ । 

रानीपोखरी पुनर्निर्माण हुनु भनेको त्यहाँको भौतिक संरचनासँगै पानी भरिभराउ हुनु हो । पानीको परम्परागत स्रोत के हो ? कसरी पानी हुन्थ्यो ? किन सुक्दै गएको थियो ? पुनर्निर्माणपछि पानी कसरी भरिन्छ र निरन्तर रहन्छ ? यी प्रश्नहरूमा खोजी हुन आवश्यक छ । वर्षातको पानीले मात्र रानीपोखरी भरिभराउ हुनेछ भन्ने विश्वास गर्न सकिँदैन । यसो हुन्थ्यो भने घटेर सुक्ने डर पहिले पनि हुने थिएन । पानीका स्रोतहरू त सबैतिर क्रमशः सुक्दै गएका छन् । काठमाडौं उपत्यकाका अरू पोखरी पनि सुक्ने क्रममा छन् । कति पोखरीहरू चौर भए, ठूला भवन बने । रानी पोखरीमा यो पक्ष सोच्न जरुरी छ । हामीलाई चाहिएको दिगो रानीपोखरी हो ।  

 


Views: 66

सम्बन्धित सामग्री:

संसदबाट भाग्दै सरकार !

: श्रावण १, २०७६ (६:०३ AM)

कांग्रेसभित्रको संकट

: असार ३०, २०७६ (८:१७ AM)