27th June | 2019 | Thursday | 4:07:53 PM

जंक फुडको लत

  POSTED ON : जेठ २३, २०७६ (६:३८ AM)

जंक फुडको लत

फास्ट फुड भनिने तयारी खानेकुराको प्रयोग बढ्दो छ । प्याकेजिङ गरेर राखिएका तयारी खानेकुरा लामो समयसम्म खान मिल्ने गरी तयार पारिएका हुन्छन्, साता–दश दिनदेखि केही महिना वा वर्षदिन र अझ बढीसम्म पनि । चाउचाउ, चाउमिन, बिस्कुट, चिजबल, चिप्स, चकलेट, जुस लगायत धेरै किसिमका खानेकुरा तयारी खानाका रूपमा आउँछन् । यी खानेकुराले बालबालिकालाई आकर्षित गर्छन् । कतिपय बालबालिकाहरूमा यस्ता खानेकुराको लत बसेर आमाबाबु हैरान हुने गरेका छन् । घर र विद्यालयमा खाजामा चाउचाउ, बिहान–बेलुका खानाको साटो चाउचाउ र घुमाघामको समयमा यस्तै तयारी खानेकुरा नभई नहुने । यस्ता खानेकुरा सजिला र स्वादिला भए पनि पोषकतŒवको अभाव हुन्छ । तयारीका क्रममा पकाइएका, घाम र कडा तापमा सुकाइएका, लामो समय टिकाउने प्रिजर्भेटिभ रसायन प्रयोग गरिएका, धेरै मसला≤ कृत्रिम स्वाद≤ कृत्रिम बास्ना र रङ प्रयोग गरिएका, चिल्लो र नुनिलो बढी भएका हुन्छन् । त्यसैले यी खानेकुरामा पोषकतŒवको अभाव हुने भएकाले जंक फुड मानिन्छन् । जंक अर्थात प्रयोग गर्न अयोग्य र हानिकारक समेत । यी खानाले लत लगाउँछन् । केही पोषणविद्हरूले यस्ता खानेकुरालाई पत्रुखाना भन्ने गरेका छन् । हाम्रा बालबालिकाहरू भने यस्तै खानाको लतमा पर्न थालेका छन्, नभई नहुने । 

आमाबाबुहरूले आफ्ना साना छोराछोरीलाई सजिलोका लागि खाजामा यस्तै खानेकुरा दिने गरेका छन् । विज्ञापनले पनि बालबालिकालाई आकर्षित गर्ने गरेको छ । परिणामस्वरूप प्रयोग बढ्दो छ । कतिसम्म भने हुर्कंदा बालबालिकालाई भात खुवाउसमेत चाउचाउ मिसाउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने आमाहरू छन् । जंक फुडको अधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । मोटोपन बढ्ने, मिर्गौला र मुटुमा असर पर्ने, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्ने लगायतका अनेक स्वास्थ्य समस्या हुन सक्छ । पोषकतŒवको अभाव हुने यस्ता खानेकुराले पोषणको असन्तुलन पैदा गर्छ । हाम्रा बाबालिकाहरूमा जंक फुडको नकारात्मक प्रभाव पर्न थालेको छ । 

यस्ता खानेकुरा सकेसम्म बालबालिकालाई नखुवाएको राम्रो, खुवाए पनि बानी नलगाएको राम्रो । बानी लागेपछि छुटाउन गाह्रो । यस्ता खानेकुरा काम चलाउ हुन्, तत्कालको समस्या टार्न उपयोगी हुन्छन् तर बालबालिकामा भने यही क्रममा लत लाग्ने र छुटाउनै नसकिने हुँदो रहेछ । जंक फुडको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन कतिपय विद्यालयहरूले यस्ता खानामा रोक लगाएका छन् । खाजामा घरमा बनाएको खानेकुरा नै लैजानुपर्ने नियम लगाएका छन् । यसमा अभिभावक सचेत हुन आवश्यक पर्छ । बालबालिकाको खानेबानीमा खासगरी अभिभावककै भूमिका प्रमुख हुन्छ । स्वास्थ्य संरक्षणका लागि जंकफुडको लतबाट जोगाउन आवश्यक छ । 




Views: 77

सम्बन्धित सामग्री:

भ्रष्टाचार नगर्ने मन्त्र !

: असार १२, २०७६ (६:०८ AM)

विरोधप्रति असहिष्णुता

: असार ११, २०७६ (७:०० AM)

मनसुनी विपद्

: असार १०, २०७६ (७:१६ AM)