19th September | 2019 | Thursday | 8:38:47 PM

हुरीबतासको बढ्दो क्षति

  POSTED ON : जेठ २६, २०७६ (४:१२ PM)

हुरीबतासको बढ्दो क्षति

गत चैत तेस्रो साता बारा र पर्सामा आएको छिनभरको विनाशकारी हुरीले ठूलो मानवीय र भौतिक क्षति पु¥यायो । बारामात्रै २६ जनाको र पर्सामा एक जनाको ज्यान गयो । बस्तीहरू उजाड भए । अहिले नेपाली सेनाले घर पुनर्निर्माणको काम गर्दैछ । शुक्रबार सुदूर पश्चिमको कैलाली र कञ्चनपुरमा अर्को विनाशकारी हुरी आयो । ठूलो मानवीय क्षति भएन तर हजारभन्दा बढी घरमा क्षति पु¥यायो । कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रमा बढी क्षति पु¥यायो । रूखहरू ढलेर सडक अवरुद्ध भयो । विपन्नका घर उडायो । उद्योगहरूमा क्षति पुग्यो । 

हाम्रो देशमा मौसमको पूर्वानुमान उति भरपर्दो छैन । हुरीबतासको त पूर्वानुमान गर्ने चलन नै थिएन । बारा र पर्सामा भएको बितण्डापछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हुरीको सम्भावनाबारे पूर्वानुमान गर्न थाले पनि त्यो भरपर्दो नहुने अनुमान गर्ने मौसमविद्हरूकै भनाइ छ । आँधीहुरीको उत्पति र त्यसले लिने मार्गका बारे प्राविधिक अध्ययन गरेर पूर्वानुमान गर्ने प्रविधि हामीसँग छैन । आँधीहुरीको सम्भावनालाई गम्भीरतापूर्वक लिनुपर्ने नठानिएकै कारणले पूर्वानुमान लागि प्रविधि भिœयाउन पनि आवश्यक ठानिएन होला । प्रिमनसुनमा सामान्य आँधीहुरीको सम्भावना हुन्छ भनेर हाम्रो प्रविधि सिमित रहृयो ।  

तराई क्षेत्रमा आउने हुरीले मानवबस्तीमा बढी क्षति पु¥याउने गरेको छ, खासगरी विपन्नहरूको बस्तीमा । विपन्न परिवारका घर अलिक ठूलो हावाहुरी थेग्न नसक्ने हुन्छन्, बाँस र बाँस तथा स्थानीय वनस्पतिका टाटीहरूले बनेका । इटाकै गारो लगाएर जस्ताको छानो हालेर बनाइएका अलिक बलियो ठानिने घरका पनि हुरीले छानो उठाउने गरेको छ । सबैले ढलान गरेको पक्की घर बनाउन सम्भव हुँदैन र आवश्यक पनि पर्दैन तर नियमितजसो हुने हावाहुरी थेग्नसक्ने घर बनाउन राज्यले प्रोत्साहन गर्नु आवश्यक छ । भूकम्प प्रतिरोधी भनिए झैँ हुरी प्रतिरोधीमा पनि ध्यान दिने कि ¤

मौसम पूर्वानुमानमा पनि आधुनिक प्रविधि भिœयाउनु र जनशक्ति विकास गर्नु आवश्यक भएको छ । विश्व जलवायुमा देखिन थालेको द्रुत परिवर्तनले ठूलो हुरी बतास, भारी वर्षा र अन्य नकारात्मक मौसमी प्रभावहरू बढाउँदै जाने संकेतहरू देखिएका छन् । आँधीहुरीको पूर्वानुमान गर्ने क्षमता अभिवृद्धि गर्नु जरुरी भएको छ । प्राकृतिक विपत्ति टार्न सकिँदैन तर सम्भावित घटनाको समयमै हुने पूर्वानुमानले क्षति कम गर्न र उद्धार तथा राहतको तयारी गर्न मद्दत पुग्नेछ । बादल, वर्षा, हिमपातसँगै अब आँधीहुरीको भरपर्दो पूर्वानुमान आवश्यक भएको छ । 

हाम्रो जस्तो भौगोलिक विविधतायुक्त र छिनभरमा मौसममा फेरबदल भइरहने मुलुकमा सुरक्षित हवाई यातायात र सुरक्षित पर्यटकीय गतिविधिका लागि पूर्वानुमानको भरपर्दो प्रविधि प्रयोग आवश्यक छ । यसतर्फ राज्यले ध्यान दिनुपर्छ । प्राकृतिक विपत्तिलाई भवितव्य ठान्ने र विपत्तका समयमा मात्रै जुर्मुराउनेजस्तो गरेर अलिक दिनमा बिर्सिने प्रवृत्तिमा सुधार हुन आवश्यक छ ।    


Views: 130

सम्बन्धित सामग्री:

अक्षमतातिर संक्रमणकालीन न्याय

: आश्विन २, २०७६ (१०:०० AM)

सभामुखको मन्त्र

हिमालय टाइम्स : आश्विन १, २०७६ (९:४५ AM)

शहरकेन्द्रित सहुलियत

: भदौ ३१, २०७६ (१०:०५ AM)