18th August | 2019 | Sunday | 2:32:39 AM

हवाई पहुँचमा फड्को

  POSTED ON : श्रावण १२, २०७६ (११:४२ AM)

हवाई पहुँचमा फड्को

नेपाल र चीनबीच हवाई उडानका क्षेत्रमा अर्थपूर्ण सहमति भएको छ । चीनले नेपाललाई हाल ७ वटा गन्तव्य दिएकोमा ८ वटा थपेको छ । साताभरिको उडान संख्या पनि बढेको छ । सातामा ७० वटासम्म उडान गर्न पाउने सुविधा रहेकोमा बढाएर ९८ पु¥याइएको छ । निजी क्षेत्रको हिमालयन एअरलाइन्सले पनि चीनमा उडान अनुमति पाएको छ । यता चीनले नेपालमा अब सञ्चालन हुने दुई वटा विमानस्थल पोखरा र लुम्बिनीमा उडान गर्ने अनुमति पाएको छ । दुई देशका अधिकारीहरू बीच भएको यो सहमति नेपालका लागि एउटा फड्को हुन सक्नेछ । 

चीनले नेपाललाई समुद्रसम्मको पहुँच दिने सहमति भइसकेको छ । उत्तरी छिमेकीसँगको बढ्दो पहुँच नेपालको व्यापार र पर्यटनमा दूरगामी प्रभावको हुनेछ । नेपालको लुम्बिनी बौद्ध धर्मावलम्बी चिनियाँहरूका लागि निकै आकर्षक र महŒवपूर्ण गन्तव्य हो । लुम्बिनी विमानस्थल नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमात्रै होइन पर्यटकीय हिसाबले महŒवपूर्ण पनि हो । नेपाल र चीन दुवै देशबीच हवाई गन्तव्य बढेसँगै नेपालमा चिनियाँ पर्यटकहरूको संख्या निकै बढ्ने अपेक्षा गर्न सकिन्छ । पोखरा यस्तै अर्को आकर्षक पर्यटकीय स्थल हो । यस हिसाबले चीनसँग हवाई गन्तव्य बढाउन भएको सहमति नेपालको लागि एउटा फड्को हुन सक्नेछ । 

चिनियाँ गन्तव्यहरूमा नेपालको पहुँच बढेअनुसार नेपालले त्यसको अधिकतम उपयोग गर्न सक्नुपर्ने छ । नेपालको राष्ट्रिय ध्वजावहाक एकमात्र हवाई सेवा नेपाल वायुसेवा निगम थला परेको अवस्थामा छ । आर्थिकरूपमा जर्जर छ । अनुमति रहेका विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान गर्न सकेको छैन । ठूला नयाँ जहाजहरू थन्केर बसेका छन् । उडान गर्न नसक्ने भए किन किनिएका थिए भन्ने प्रश्नको समेत जवाफ दिन नसक्ने अवस्थामा वायु सेवा निगम छ । नेपालका लागि युरोपेली अकाश बन्देज छ । निगमले सरकारसँग आर्थिक सहायता मागेको छ, सरकार नदिने मनस्थितिमा देखिन्छ ।

हवाई गन्तव्यमा चीनसँग भएको सहमति चीनका लागि भन्दा बढी नेपालका लागि महŒवको हो । यस्तो सहमतिसँगै हाम्रो क्षमता अभिवृद्धि हुनुपर्छ । नेपाल वायु सेवा निगम प्रतिस्पर्धी हुन आवश्यक छ । निगमलाई जर्जरको अवस्थाबाट उठाएर नेपालको गौरवका रूपमा स्थापित गर्न सक्नुपर्छ । यसो हुनसकेमात्रै हामीले चीनलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट लाभ लिनसक्छौँ । यससँगै निजी कम्पनीहरूको पनि अन्तर्राष्ट्रिय पहुँच बढाउन सरकारले पहल गर्न सक्छ । विदेशी कम्पनीहरूले उडान गर्नेछन् तर हामीले हाम्रो क्षमता बढाएर अन्तर्राष्ट्रिय गन्तव्यहरूमा जति पहुँच बढाउँछौँ उति नै लाभ लिन सक्नेछौँ । चीनसँगको सहमति एउटा फड्को मान्नुपर्छ । 

 


Views: 141

सम्बन्धित सामग्री:

दूधमा आत्मनिर्भरता

: श्रावण ३१, २०७६ (१२:२७ PM)

निजामतीको ट्रेड युनियन

: श्रावण ३०, २०७६ (७:२७ AM)

प्रधानमन्त्रीको स्वास्थ्य

: श्रावण २९, २०७६ (६:३९ AM)