18th June | 2018 | Monday | 5:32:35 PM

महिलामा संभोगको चाहाना

  POSTED ON : Saturday, 08 July, 2017 (4:55:39 PM)

महिलामा संभोगको चाहाना

श्रीमान/श्रीमतिको सम्बन्धमा सेक्सको ठूलो भूमिका रहन्छ । सेक्समा देखिएको समस्याले दुई बीचको सम्बन्धमा नकारात्मक असर पनि पर्न सक्दछ । जसरी पुरुषहरुलाई सेक्समा रुचि अधिक हुन्छ त्यसरी नै महिलाहरुलाई पनि सेक्स चाहाना नहुँने भने होइन । तर महिलाहरुमा पुरुषको जस्तो देखिने गरिको हाउभाउ भने उनिहरुले विविध कारणले देखाउन सक्दैनन् । जोखिम न्यूनिकरण गरेर गरिएको सेक्समा महिला बढी आनन्दित हुन्छन् । एकान्त र विश्वास पूर्ण सेक्समा महिला लालायित हुने गर्दछन् ।

पुरुष जति जोखिम मोलेर सेक्स गर्न आतुर भएपनि महिला जोखिम मोलेर सेक्समा रुचि नराख्न सक्छन् । पुरुष सेक्स गर्ने दौरानमा सामाजिक बन्धन तोड्न सक्छन् तर महिला पुरुषको तुलनामा त्यस्ता नहुन सक्छन् ।

अधुरो र सही समयमा संभोग पूरा हुन नसके महिलामा पुरुषको तुलनामा शारीरिक र मानसिक विचलन आउन सक्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । महिलाको सेक्स केवल संभोगमा मात्र सीमित हुदैन, शारीरिक स्पर्श, चुम्बन आदि कुराले उनिहरुलाई संतुष्टि मिल्ने कुरा विभिन्न अध्ययनहरुले बतएका छन् । 

महिलालाई संभोगको चाहाना हुँदाहुदै यदि त्यो पूरा हुन नपाए डिप्रेशन, थकान वा तनाव हुन सक्दछ । फेरी अपुरो संभोगले नै डिप्रेशन शतप्रतिशत भएको हो भन्न भने सकिदैन । सम्भावित धेरै कारण मध्ये एउटा महिलामा डिप्रेशन सेक्सको चाहाना पुरा नहुँदा पनि हुन सक्छ भन्ने चिकित्सकहरुले बताएका छन् ।

पार्टनर बीच सेक्सको विषयमा खुलेर कुरा गर्न सक्नु पर्दछ । आपसी समझदारीमा गरिएका सेक्सले दुवैलाई सन्तुष्टिमा पुर्याउछ । अन्यथा सेक्सले उल्टो तनाव पनि सृजना गर्न सक्दछ ।

–एजेन्सी