Date:2017/09/26 |Tuesday

कुन समयमा यौन सम्पर्क राख्नु बढी उपयुक्त हुन्छ ?

Posted on: July 15, 2017 | views: 506 |

अधिकांश विवाहित जोडिहरुलाई आफ्नो यौन जीवन सुखमय बनाउन इच्छा जाग्नु सामान्य कुरा हो । त्यस्तै दापत्य जीवनमा यौन सुखमय भयो भने दुई बीचका पारिवारिक सम्बन्ध पनि सुमधुर रहन्छ । 

यौन जीवनलाई सुखमय राख्न धेरै पटक यौन सम्पर्क गर्न सक्नु हो भन्ने मान्यता छ भने त्यो आजैबाट छोडी दिनुस् । पटकौको यौन सम्पर्कले झन चिड्चिडाहट पैदा गर्न सक्छ । पुन अर्को पटक यौन चाहाना राख्ने इच्छामा असर पर्न सक्छ ।

यौन जीवन सुखमय तुल्याउन दुई बीचको समझदारीमा गरिने यौन जन्य क्रियाकलापले मात्र पाउन सकिन्छ । त्यसैगरि कुन समय र कुन आसन प्रयोगमा आफ्नो पाट्नरले आनन्द लिन्छ भन्ने कुराका ख्याल राखि समझदारी पूर्वक गरिने यौन सम्पर्क लाभप्रद हुने कुरामा दुई मत छैन ।

दाम्पत्य जीवनमा प्राय मानिसहरुले रातीको समयमा यौन सम्पर्क राख्ने गर्दछन् । मानसिक रुपमा रातीको समयमा यौन सम्पर्क गर्दा आनन्द मिल्ने गर्दछ । शान्त भयरहित बातावरणमा सेक्स गर्दा मानसिक रुपमा दुबैलाई आनन्द मिले पनि स्वास्थ्यको हिसाबले रातको समयमा सेक्स गर्नु त्यति उपयुक्त मानिदैन । खाना खाएपछिको सेक्स र ब्यायाम स्वास्थ्यको हिसाबमा बेफाइदा युक्त हुन सक्छ ।

यौनसम्पर्क बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने व्रिटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ । बिहानीको यौन सम्पर्कले मानसिक तथा शारीरिक रुपमा निकै फाइदा पुग्ने त्यो अनुसन्धानले बताएको छ ।–एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं