Date:2017/12/14 |Thursday

महिलाले हस्तमैथुन कसरी गर्छन् ?

Posted on: July 22, 2017 | views: 584 |

आज पनि हाम्रो समाजमा केही मानिसहरु हस्तमैथुनलाई नकारात्मक रुपमा लिने गर्दछन् । तर मानिसले गर्ने हस्तमैथुनलाई चिकित्सा विज्ञानले स्वभाविक प्रक्रिया मान्दछ । मानिसलाई स्वास्थ्य लगायत मानसिक रुपमा यसले फाइदा पुर्याउने बताइन्छ । बास्तवमा हस्तमैथुन अस्वाभाविक प्रक्रिया होइन । उचित र आवश्यकता अनुसारको हस्तमैथुनले शरीरमा कुनैपनि हानी नोक्सानी पुर्याउदैन । समय समयमा यौन परिकल्पना अर्थात हस्तमैथुन गर्नु महत्वपूर्ण मानिन्छ । त्यसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु नै हस्तमैथुन हो ।

खासगरि पुरुषले मात्र होइन महिलाले पनि हस्तमैथुनबाट बढी भन्दा बढी लाभ लिन सक्ने चिकित्सा विज्ञानको दावी छ ।  हस्तमैथुनले योनिको कौमार्य भङ्ग हुने डर चिन्ताले धेरै अविवाहित महिलाहरु हस्तमैथुन गर्न डराउँछन् । यो गलत धारणा हो । हस्थमैथुन गर्दा कौमार्य भङ्ग हुँदैन । योनिमार्गको द्धारमा पातलो छालाको झिल्ली हुन्छ । त्यो पातलो झिल्ली पहिलो पटकको यौन सम्पर्कमा त्यातिने तथा कुमारित्व भङ्ग हुने मान्यता रहँदै आएको भएपनि यो यौन सम्पर्क नगरि पनि च्यातिन सक्छ । यसैलाई मापन गरिनु मुर्खता हो । त्यसैगरि कसैकसैले महिलाले हस्तमैथुन गर्दा योनि खुकुलो हुन्छ भन्ने भ्रम पनि राखेका हुन्छन् । हस्तमैथुनले योनिद्धार खुकुलो हुने होइन । बच्चा जन्माउँदा खुकुलो नहुने ‘योनि’ हस्तमैथुन गर्दैमा खुकुलो हुन सक्दैन ।


पुरुषले लिंगलाई खेलाएर हस्तमैथुन गर्ने गर्दछन् भने महिलाहरुले उनीहरुका विभिन्न यौनअङ्गलाई चलाएर हस्तमैथुन गर्ने गर्दछन् । औंलाले भगाङ्कुर चलाएर, औंला योनि भित्र पसाएर, योनि भित्र लिंग आकारको केही वस्तु पसाएर, अहिले बजारमा आएका कृतिम लिंगको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गर्दछन् । त्यसैगरि बाथरुपमा सावरको फोहोराले पनि महिलाहरुले यौन चाहाना पूरा गर्ने गर्दछन् । यौन अंगको स्पर्स, मर्दन, सुम्मुम्याइबाट महिलाले यौन परिकल्पना पूरा गर्दछन् ।


हस्तमैथुनको विषयमा यसका नकारात्मक प्रभाव खासै नभएपनि महिलाले गर्ने हस्तमैथुनमा सावधानी भने अपनाउनु पर्दछ । योनिमा पर्याप्त योनिरस नआएको खण्डमा विभिन्न बस्तुको घर्षण वा पसाउनाले योनिमा पीडा हुने घाउ हुन सक्ने संभावना रहन्छ । त्यस्तो अवस्थामा चिप्लो बस्तु प्रयोग गर्न सकिन्छ । सावधानी पूर्वक गरिएको हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन । –एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं