22nd February | 2018 | Thursday | 3:00:14 AM

वैवाहिक जीवनमा सेक्सको महत्व

  POSTED ON : Friday, 28 July, 2017 (5:36:16 PM)

वैवाहिक जीवनमा सेक्सको महत्व

हिमालय टाइम्स काठमाडौं । पति पत्नी बीचको आपसी सम्बन्धलाई अझ मजबुद बनाउन सेक्सको अत्यन्त महत्व हुन्छ । शारीरिक सम्बन्ध विनाको पतिपत्नी सम्बन्ध प्रगाढ नहुन सक्छ । सेक्सुअल रिलेशन राम्रो हुन सके परिवारिक सुख शान्ति हुन्छ भन्छन् यसका जानकारहरु ।

दुई बीचको आपसी सम्बन्धलाई दिर्गायू बनाउन सेक्सको बेग्लैखालको महत्व रहन्छ । सेक्सले भौतिक सुख मात्र होइन सही अर्थमा यसले मानसिक रुपमा पनि हामीलाई सुख प्रदान गरेको हुन्छ । पति पत्नी बीचको आपसी मेलमिलाप, मायाप्रेममा यसले ठूलो भूमिका खेलेको हुन्छ । 

हुन त पति पत्नीको सम्बन्ध केवल बिस्तारामा एक साथ सुत्ने र सेक्स गर्ने मात्र होइन । तर वैवाहिक जीवनलाई सुमधुर, गहिरो, प्रगाढ बनाई राख्न यसको महत्व रहने कुरामा दुईमत छैन । सेक्सले भावनात्मक सम्बन्धलाई अझ नजिक तुल्याउँछ ।–एजेन्सीको सहयोगमा