Date:2017/10/23 |Monday

सेक्सका भित्रि कुरा

Posted on: August 12, 2017 | views: 528 |

पृथ्वीका हरेक जिवात्मामा सेक्सको चाहाना हुन्छ । मानिसमा सामान्यत १६ वर्ष माथि उमेरका व्यक्तिलाई सेक्स गर्न इच्छा हुन्छ, भनिन्छ । यदि चाहेको बेला यौन सम्पर्क हुन नसकेमा यूवा अवस्थाका यूवाहरु हस्तमैथुनबाट आफ्नो अतृप्त चाहाना पूरा गर्दछन् ।

पूरुषहरुमा अतृप्ति यौन चाहाना भएमा बलात्कार गर्न पनि बेर लगाउदैनन् । यसो गर्नु जघन्य अपराध हो । यसलाई कुनैपनि समाजले स्वीकार गर्दैन । प्रायः असुरक्षित यौनसम्पर्क गर्नुभन्दा हस्तमैथुनमा रमाउनु बुद्धिमता हुन सक्छ । कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ । जसले सामाजिक विकृति सृजना गरिरहेको हुन्छ ।

कतिपय विवाहित पुरुषले विवाहपछि पनि हस्तमैथुनको लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । महिलाले पनि यौनको दौरानमा यौंनसुख प्राप्त नगरेको अवस्थामा हस्तमैथुनलाई अपनाउन सक्छन् । उनिहरुले औंलाको सहायताले आफ्नो गोप्य अंग चलाएर अतृप्त चाहाना पूरा गर्ने गर्दछन् । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ ।


यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।

कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने गर्नु भनेको यौन समस्या हो ।

कुन हदसम्मको यौन व्यवहारलाई नयाँ प्रयोग मान्ने र कस्तो व्यवहारलाई यौन विचलन भन्ने कुरा निक्र्यौल गर्न निकै कठिन हुन्छ ।

यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो सामान्य अवस्था मान्नु पर्दछ । तर कसैमा सेक्सुअल एडिक्सन भएको हुन सक्छ । जसले जतिखेर वा समय सन्दर्भ बेगरनै सेक्सुअल गतिविधि तथा इच्छा सोचिरहन्छ । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।

महिलामा वोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाहरूले आफूलाई सधैँ एक्लोपना महसुस गर्ने गर्छन् । उनीहरू जोकोहीलाई पनि सम्पर्क गराउन सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् । केही समय एक्लोपना हटेको महसुस गरे पनि सम्पर्कबाट सन्तुष्टि पाउन सक्दैनन् ।

पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्दछ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टीसोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या भनिन्छ । 

उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकारमा पर्न सक्ने बिज्ञहरु बताउछन् । एजेन्सीको सहयोगमा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं