Date:2017/09/23 |Saturday

यौन जीवनलाई सुखी कसरी बनाउने ?

Posted on: August 24, 2017 | views: 216 |

हिमालय टाइम्स काठमाडौं  । पति पत्नीविच दुबैको यौन इच्छा पुरा हुन नसके दुई बिच खटपट सुरु हुन सक्छ । दाम्पत्य जीवन खुशि र सुखि राख्न यौन जीवनको अत्यन्त ठूलो महत्व रहन्छ ।

यौन सम्पर्कबाट केवल मनोरञ्जन मात्र प्राप्त हुने होइन । त्यसले शारीरिक तथा मानसिक रुपमा धेरै लाभ पनि मिल्दछ ।

पति पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम भनेकै यौन सम्पर्क हो । जसले सफल दाम्पत्य जीवनको एउटा हिस्सा ओगटेको हुन्छ । सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र  उचित समय, इच्छाशक्ति पनि चाहिन्छ । मानसिक तनाव रहित समयमा गरिएको यौनको भिन्नै महत्व हुन्छ  । मानसिक रुपमा विछिप्त मानिसको जब संवेदना मिल्दैन, तब उत्थानको अभाव हुन्छ । जसले यौन इच्छालाई नकारात्मक प्रभाव पार्दछ । 


त्यसैगरि यौन क्रियामा दुबैको उत्साह अपरिहार्य हुन्छ । यदि पार्टनरमा कुनै उत्साह हुँदैन भने, त्यसले पनि यौन जीवनलाई प्रभावित बनाउँछ । जसले आफ्नो पार्टनरलाई सन्तुष्टि नबनाउन सक्छ ।

यौन क्रियामा दुवैको समान सहभागिता हुन अनिवार्य छ । यदि दुबैको समान रुचि नभए यौन क्रियाले सन्तुष्टि नदिन सक्छ । बलजफत र एकहोरो यौन क्रिया त्यति लाभप्रद हुन सक्दैन । दुबैमा यौन रुची हुनुपर्छ र सक्रियता पनि उत्तिकै हुनु पर्दछ । 

शरीरको कुनैपनि भागमा दुखाई एवं पीडा छ भने यौन सम्पर्कमा जोड दिनु हानिकारक हुन सक्छ । यस कुरालाई पार्टनरले बुझ्न सक्नु पर्दछ । दुबैको तन्दुरुस्त तथा समान आवश्यकतालाई बुझेर गरिने यौनले मनलाई शान्त र रोमान्टिक तुल्याउँछ ।–एजेन्सीको सहयोगमा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं