Date:2017/09/23 |Saturday

यौन जीवनमा लिङ्गको आकारको महत्व

Posted on: September 02, 2017 | views: 403 |

यौन जीवनमा लिङ्गको आफ्नै किसिमको महत्व छ । यो पुरुषहरुको बाहिरी अंग हो । पुरुषलाई यौन इच्छा भएको बेलामा यसको आकारमा परिवर्तन आउँछ । अन्यबेला यो सामान्य अवस्थामा रहन्छ । लिङ्ग एक विशेष अङ्ग हो र यो अङ्ग मानवशरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्गका रूपमा यसको प्रमुख भूमिका भएर पनि महत्व रहेको हो ।
यौन सन्तुष्टि र यौन जीवनलाई यसको आकारलाई लिएर धेरै मानिसहरु चिन्तित बनेका हुन्छन् । तर महिलालाई दिने यौन सन्तुष्टिमा यसको आकारको खासै महत्व नरहने यौनका जानकारहरु बताउँछन् । सामान्यतया उत्तेजित अवस्थामा लिङ्गको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरै जसोको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटर भएपनि पनि करिव ७ प्रतिशत जतिको लिङ्गको लम्बाई ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ ।

शिशु जन्मँदा लिङ्ग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर भयो भने यसलाई सन्तोष जनका मानिनु पर्दछ । कतिपयले यसको आकार वा लम्वाईलाई पुरुषको व्यक्तित्व वा भनौ उसको पुरुषत्वसँग नै जोडिएको मान्छन् । त्यो गलत हो । जसका कारण कतिपय व्यक्तिमा आफ्नो लिङ्गप्रति निकै चासो र चिन्ता हुन्छ ।

लिङ्गको आकारले यौन जीवनम खासै फरक नपार्ने भएपनि सामान्य भन्दा सानो लिङ्ग भएमा आफैलाई हिनता वोध हुँने, पार्टनरलाई सन्तुष्टि पुर्याउन नसकेको हुँकी भन्ने चिन्ता र मानसिकताले पुरुषमा छट्पटी हुन सक्छ । तर यौन सन्तुष्टिको दौरानमा आकारमा ठूलो र मोटो लिङ्गले मात्र यौन सन्तुष्टि दिन सक्ने भन्ने भ्रम हो भन्छन् यसका जानकारहरु । माथि उल्लेखित साइजको लिङ्गले महिलालाई यौन सन्तुष्टि प्रदान गर्न सक्ने उनिहरुको भनाई छ । अझ उनिहरु भन्छन्, ‘यौन भनेको लिङ्गलाई योनीमा पसाउनु र घर्षण गर्नु मात्र हो भन्ने मानसिकता नै हाम्रो गलत छ ।’ यौन सन्तुष्टिमा सेक्सुअल प्रकारका गतिविधिको सबै भन्दा महत्व रहन्छ ।

तर पनि पुरुषको लिङ्गको आकारलाई लिएर यसलाई तन्काउने वा बढाउने  विभिन्न ४ प्रकारका उपाय अबलम्बन गरिने गरिएको छ ।
क) कसरत तथा हातैले तन्काउने विधि – दैनिक रूपमा पर्याप्त समय लिङ्ग–दोहन–दुहुने जस्तो गरी तन्काउने गरिएमा लिङ्गको नाप बढ्ने कुराको दाबी गरिएको छ ।

ख) कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई लिङ्गको नाप बढाउने पनि गरिन्छ । यस्तो विधिले अनावश्यक रूपमा लिङ्गमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने हुन्छ ।

ग)  दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने– यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने कुरा गरेको छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना यसमा पनि हुन्छ ।

घ) शल्यक्रियाबाट पनि लिङ्गलाई तन्काउन सकिन्छ । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गरिनु आवश्यक छ । अन्यथा झन समस्या आउन सक्दछ ।–एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं