Date:2017/09/23 |Saturday

पाकक्रीडा र यसको उपयोगिता

Posted on: September 09, 2017 | views: 153 |

दुई विपरित लिङ्ग वीचको आपसी सहयोगले मात्र यौनमा  अधिकतम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सफल यौनलाई केवल यौनांगहरूको मिलनका रुपमा बुझ्नु हुँदैन । सफल यौनकार्य पूर्व तनावरहित वातावरणका साथै दुवैको मन प्रफुल्लित हुनुपर्छ । हतारमा यौनसम्पर्क राख्दा वीर्य स्खलन लगत्तै पुरुषलाई सन्तुष्टि भएपनि महिलालाई नहुन सक्छ । त्यसैले अत्यधिक यौन सन्तुष्टिमा पाकक्रीडाको आफ्नै महत्व छ । महिला र पुरुषबीचको उत्तेजना एवं चरमसुखको फरकपनका कारणले पाकक्रीडाको छुट्टै महत्व छ ।


लिंग–योनि सम्पर्क अघि यौन सम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार पार्न तथा यौन उत्तेजनामा ल्याउन एक–आपसमा गरिने क्रियाकलापलाई नै पाकक्रीडा भनिन्छ । पुरातन नेपाली समाजमा दम्पतिवीचको पाकक्रीडालाई खासै महत्व दिइन्न थियो भन्ने गरिन्छ । बसाई–सुताई र महिला प्रतिको हेपाहा प्रवृतिले यथेष्ट पाकक्रीडा हुन नसकेको हुन सक्छ । 


पहिलेको समाज यौनको मामिलामा महिला प्रति अनुदार थियो । यौनमा पनि पुरुषकै बर्चस्व थियो जसरी अन्य कुरामा थियो । पुरुषले चाहेमा एक भन्दा बढी श्रीमती भित्राउने परम्परा हटेको धेरै भएको छैन । दुई वा दुईभन्दा बढी श्रीमती बनाउने प्रचलनको विकास यौनमा देखिएको असन्तुष्टि लगायत महिला प्रतिको हेपाहा प्रवृति हो भन्छन् समाजशास्त्रिय विश्लेषकहरु । पुरातन नेपाली समाज पुरुष प्रभुत्वमा आधारित भएकै कारण महिला दविएका थिए । यौनका मामिलामा त अझ महिला प्रदाडित नै थिए । अझ त्यो समयका महिला जीवनको एक पटक पनि चरम यौन सन्तुष्टिको अनुभवनै गर्न पाउँदैन थिए भनिन्छ ।


तर अहिले समय परिवर्तन भएको छ । हिजोको पुरुष प्रधान समाज विस्तारै महिला प्रति उदार देखिन थालेको छ । जसका कारण दाम्पतिय यौन क्रियाकलापमा पनि परिवर्तन भएको बुझ्न सकिन्छ । पाकक्रीडाले यौन जीवनलाई सुखमय बनाउँदछ ।


पुरुषको दाँजोमा महिलालाई चरम सन्तुष्टिमा पुग्न लामो समय लाग्छ । पाकक्रीडाले महिला पुरुष दुवैलाई अधिक सन्तुष्टि प्राप्त गर्न मद्दत गर्छ । महिलाले एउटै चक्रमा पनि पटक–पटक चरम सुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा वीर्य स्खलनसँगै लिंगमा शिथिलता देखापर्छ र त्यो पुन उत्तेजनामा आउन समय लाग्छ ।–एजेन्सीको सहयोगमा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं