Date:2017/10/20 |Friday

उमेर र यौनको तादम्यता

Posted on: September 16, 2017 | views: 309 |

उमेर घर्किँदै जाँदा मानिसमा यौन क्षमतामा ह्रास हुँदै जानु प्राकृतिक कुरा हो । उमेर ४० कटेपछि मानिसमा यौन रुची तथा यौन क्षमतामा पनि कमी हुनु स्वभाविकै हो । यस्तो अवस्थामा मानिसहरुको यौन जिवन निकै निरस हुने अनुमान गरिने नै भयो । तर एक अध्ययनले भने यस्तो अनुमानलाई गलत सावित गर्दै ४० वर्षको उमेर पुगेपछि मानिसको सबैभन्दा मज्जेदार यौन जिवन सुरु हुने देखाएको छ ।

 ४० देखि ५९ वर्ष उमेरका २४ सय जना क्यानेडाली मानिसहरुमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताहरुले उक्त उमेर समूहका मानिसहरुलाई उनीहरुको यौन स्वास्थ्य, खुसी तथा आनन्दका साथै उनीहरुको यौनिक आनिवासी तथा प्रवृत्तिको अध्ययन गरेका थिए ।

 क्यानडाको युनिभर्सिटी अफ गोएल्फका यौनिक तथा सम्बन्ध सम्बन्धी शोधकर्ता रोबिन मिल्हसेन भन्छन्ः  उमेर छिप्पिएसँगै सेक्सको महत्व घट्दै जाने तथा सेक्स कम आनन्ददायी हुने र यसको दर पनि घट्दै जाने आम धारणा छ । तर अध्ययनले धेरै अधवैँशे क्यानेडालीहरुले भने सन्तुष्टदायी र सक्रिय यौन जिवन हाँकिरहेको देखाएको छ । क्यानडाको यौन सूचना तथा शिक्षा परिषदसँगको सहकार्यमा चर्चित कण्डम उत्पादक कम्पनी त्रोजानले यो अध्ययन गरेको हो । अध्ययनले उमेरसँगै यौन सन्तुष्टिमा गिरावट नआउने तथ्य पत्ता लगाएको छ ।

 अध्ययनमा सहभागी गराइएका ६५ प्रतिशतले आफ्नो पछिल्लो यौन सम्पर्क आनन्ददायी भएको बताए । आफ्नो अहिलेको प्राथमिक सम्बन्ध संवेगात्मक रुपमा आनन्ददायी र सन्तोषजनक रहेको लगभग सबैजसोको भनाइ रह्यो । अझ अध्ययनले अर्को रोचक कुरा त के पत्ता लगाएको छ भने जति उमेर छिप्पिँदै गयो मानिसहरु यौन सम्पर्कमा नयाँ नयाँ प्रयोग गर्न थाल्दछन् र यौन सम्बन्धलाई पनि एड्भेन्चर्स बनाउन थाल्दछन् । ६३ प्रतिशत सहभागीले यौन सम्पर्कका बेला आफुले एक दशक पहिले अपनाउने विधिभन्दा अहिले आनन्द प्राप्त गर्न नयाँ नयाँ विधि प्रयोग गर्ने गरेको बताएका छन् ।– एजेन्सीको सहयोगमा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं