Date:2017/12/14 |Thursday

अनावश्यक गर्भ रहन नदिने उपाय

Posted on: September 26, 2017 | views: 317 |

काठमाडौं । पुरुषको प्रत्येक वीर्य स्खलनमा शुक्रकीट हुनसक्ने भए पनि महिलामा भने त्यस्तो हुँदैन । महिलाको शरीरमा मासिक रूपमा डिम्ब निस्कन्छ र यसैबेलातिरको यौनसम्पर्क भए वीर्यको शुक्रकीटसँग मिलन हुन्छ र गर्भको सुरुवात हुनसक्छ ।

 एउटा महत्वपूर्ण कुरा के छ भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छन् । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । यसलाई ध्यान पुर्याउनु पर्दछ ।

कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४–१८.६ हुन्छ, अर्थात छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । गर्भ रहन आवश्यक छैन भने यस्तो बेलामा सुरक्षित उपाय अपनाउनु पर्दछ ।

सुरक्षितकालबाहेक अरू समयमा यौन सम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ । 

आजकल गर्भ बस्न नदिनका लागि शुक्रकिटलाई बाहिर फल गराउने उपाय पनि धेरै अबलम्बन गरिन थालिएको छ । तर यो त्यति भरपर्दो उपाय भने होइन त्यस्तै सेक्स गरिसकेपछि महिला घोप्टो परेर सुत्ने, गर्भ निरोधक चक्कीको प्रयोग गर्ने ।–एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं