Date:2017/10/20 |Friday

सेक्स जीवनलाई कसरी सुखद बनाउँने ?

Posted on: October 07, 2017 | views: 112 |

हिमालय टाइम्स । महिलाले श्रीमानको महŒव गहिरोसँग बुझ्छन् भने श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।

श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिएमा सेक्स जीवन सुखद मात्र होइन, दुबै बीचको आत्मियता बढेर जान्छ । आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ ।

अझ सेक्सलाई बढी सुखमय बनाउन, मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण हुदाँ सेक्समा पनि आनन्द आउँछ । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ । एक आपसमा बुझेर, खुलेर गरिने ब्यवहारले सेक्स जीवनलाई सुखमय बनाउँछ । एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं