Date:2017/11/23 |Thursday

दाम्पत्य जीवनमा सेक्सको भूमिका

Posted on: October 14, 2017 | views: 300 |

हिमालय टाइम्स । पति–पत्नीको नाता यसकारण नाजुक मानिन्छ कि यसलाई शारीरिक र मानसिक स्तरमा सन्तुलित राख्नुपर्छ । र, यो वास्तवमा कठिन काम हो । फरक–फरक परिवेश र संस्कारबाट आएका दम्पतीले आफ्नो तनमनलाई साझा बनाउनुपर्ने हुन्छ । यो सन्तुलन कायम गर्न विवाहका सुरुका वर्षमा बढी कठिन हुन्छ । 

विशेषज्ञका अनुसार सेक्सक्षमतामा कमीसम्बन्धी समस्या मूलतः मानसिक समस्या हो । ढल्दो उमेर या अत्याधिक थकानका कारण सेक्सक्षमतामा ह्रास आउँछ भन्नु केवल भ्रम हो । वास्तविकता के हो भने नियमित सेक्स गर्नाले शरीर स्वस्थ र ताजा रहन्छ । सेक्स सन्तुष्टिले मानसिक दबाब र कुण्ठालाई हाबी हुन दिँदैन । सेक्स कति शक्तिशाली हुन्छ भने ४० वर्ष पुगेपछि पनि नियमित सेक्स गर्नाले सामान्य शारीरिक रोगबाट बच्न सकिन्छ । तसर्थ, कुनै गलत धारणा या अधकल्चो तथ्यलाई सत्य मानेर मनमा कुनै भ्रम पाल्नुहुँदैन ।

एकअर्काको भावना र इच्छाको सम्मान नगरी केवल आफ्ना इच्छा मात्रै थोपरियो भने पति–पत्नीको सम्बन्ध लामो समयसम्म सामान्य रहन सक्दैन । उनीहरूले राम्ररी बुझ्नुपर्छ कि उनीहरू एक–अर्काका पूरक हुन् । एक–अर्काका भावना र इच्छालाई सम्मान गर्नु सुखद् दाम्पत्य जीवनका लागि आवश्यक हु्न्छ । 

तपाईंको साथीले पनि तपाईंलाई उति नै सन्तुष्टि प्रदान गर्ने कोसिस गर्नेछन् । सबभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने तपाईंको साथी (पति या पत्नी) को इच्छाविपरीत सेक्स गर्नु उचित होइन ।–एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं