22nd February | 2018 | Thursday | 1:01:00 PM

उमेर ४० कटेपछि सेक्समा कम रुचि हुन्छ ?

  POSTED ON : Wednesday, 25 October, 2017 (1:56:22 PM)

उमेर ४० कटेपछि सेक्समा कम रुचि हुन्छ ?

काठमाडौं । उमेर घर्किँदै जाँदा मानिसमा यौन क्षमतामा ह्रास हुँदै जानु प्राकृतिक कुरा हो । उमेर ४० कटेपछि मानिसमा यौन रुची तथा यौन क्षमतामा पनि कमी हुनु स्वभाविकै हो । यस्तो अवस्थामा मानिसहरुको यौन जिवन निकै निरस हुने अनुमान गरिने नै भयो । तर एक अध्ययनले भने यस्तो अनुमानलाई गलत सावित गर्दै ४० वर्षको उमेर पुगेपछि मानिसको सबैभन्दा मज्जेदार यौन जिवन सुरु हुने देखाएको छ ।


४० देखि ५९ वर्ष उमेरका २४ सय जना क्यानेडाली मानिसहरुमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताहरुले उक्त उमेर समूहका मानिसहरुलाई उनीहरुको यौन स्वास्थ्य, खुसी तथा आनन्दका साथै उनीहरुको यौनिक आनिवासी तथा प्रवृत्तिको अध्ययन गरेका थिए ।


क्यानडाको युनिभर्सिटी अफ गोएल्फका यौनिक तथा सम्बन्ध सम्बन्धी शोधकर्ता रोबिन मिल्हसेन भन्छन्ः  उमेर छिप्पिएसँगै सेक्सको महत्व घट्दै जाने तथा सेक्स कम आनन्ददायी हुने र यसको दर पनि घट्दै जाने आम धारणा छ । तर अध्ययनले धेरै अधवैँशे क्यानेडालीहरुले भने सन्तुष्टदायी र सक्रिय यौन जिवन हाँकिरहेको देखाएको छ । क्यानडाको यौन सूचना तथा शिक्षा परिषदसँगको सहकार्यमा चर्चित कण्डम उत्पादक कम्पनी त्रोजानले यो अध्ययन गरेको हो । अध्ययनले उमेरसँगै यौन सन्तुष्टिमा गिरावट नआउने तथ्य पत्ता लगाएको छ ।


अध्ययनमा सहभागी गराइएका ६५ प्रतिशतले आफ्नो पछिल्लो यौन सम्पर्क आनन्ददायी भएको बताए । आफ्नो अहिलेको प्राथमिक सम्बन्ध संवेगात्मक रुपमा आनन्ददायी र सन्तोषजनक रहेको लगभग सबैजसोको भनाइ रह्यो ।


 अझ अध्ययनले अर्को रोचक कुरा त के पत्ता लगाएको छ भने जति उमेर छिप्पिँदै गयो मानिसहरु यौन सम्पर्कमा नयाँ नयाँ प्रयोग गर्न थाल्दछन् र यौन सम्बन्धलाई पनि एड्भेन्चर्स बनाउन थाल्दछन् । ६३ प्रतिशत सहभागीले यौन सम्पर्कका बेला आफुले एक दशक पहिले अपनाउने विधिभन्दा अहिले आनन्द प्राप्त गर्न नयाँ नयाँ विधि प्रयोग गर्ने गरेको बताएका छन् ।– एजेन्सीको सहयोगमा