22nd June | 2018 | Friday | 10:42:44 PM

यौनसम्पर्कको समयअवधि कसरी बढाउने ?

  POSTED ON : Saturday, 28 October, 2017 (2:43:50 PM)

यौनसम्पर्कको समयअवधि कसरी बढाउने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । जसका कारण युवा हस्तमैथुन गरेर वा मन मिल्ने सँग यौन सम्पर्क गरेर आफ्नो अतृप्त चाहना पुरा गर्दछन् ।

हस्तमैथुन गर्ने बानिले पछि यौनगर्दाको समय अवधिमा बृद्धि गर्न सक्ने यसका जानकारहरु बताउँछन् । यौन सम्पर्कको समय अवधि यतिनै हुनु पर्छ भन्ने त्यस्तो किटान भने छैन यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।

लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्य स्खलन भए छिटो स्खलन भएको भन्ने बुझ्न सकिन्छ । यसरी छिटो वीर्य स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जसले आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । यसर्थ दुबैको इच्छा मुताविक सन्तुष्टिमा पुग्न सके सफल यौन क्रिया भएको मान्न सकिन्छ ।

आक्कल–झुक्कल यस्तो शीघ्र स्खलन हुनु अस्वाभाविक होइन । तर, सधै नै शीघ्र स्खलन हुनु राम्रो होइन । जसलाई विभिन्न विधि र तरिकाबाट कम गर्न सकिन्छ । यौनसम्पर्क रोक्ने–सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । त्यसरीनै यौन सम्पर्कको दौरानमा बेला–बेला आफू यौनसम्पर्कमा नभएको जस्तो गरी अन्य कुनै घटना परिघटना सम्झने त्यो क्षणिक मात्र हुनु पर्दछ । जसले यौनक्रियालाई नकरात्मक असर भने परेको हुनु हुँदैन । एजेन्सी