Date:2017/12/14 |Thursday

३० बर्ष काटेपछि महिला सेक्सी भएको अनुभव गर्दछन्

Posted on: November 04, 2017 | views: 234 |

हिमालय टाइम्स काठमाडौं । हामी कस्तो अनुभव गर्दछौ ? यो सबै कुराको निक्र्योल दिमागले गर्दछ । अझ महिलाहरुले गर्ने अनुभवका विषयमा त उनिहरुको शरिरबाट निष्कने एक प्रकारको केमिकल्समा भर पर्दछ । व्रिटेनको एक सर्वेक्षणले बताए अनुसार महिलाहरुमा ३० बर्षको उमेर पार गरेपछि आफू सेक्सी भएको महशुस हुने बताएको छ ।

चिकित्सकका अनुसार महिलाहरुलाई सेक्सी राख्न अथवा बनाउनमा डोपामाइन, सेरोटोनिन आदि हर्मोन्सले सहयोग पुर्याउँछ । जसले आफ्नो श्रीमान प्रतिको प्रेम र हर–हमेशा प्यारमा रहन उद्धत गराउँछ । यसले महिलालाई सेक्सप्रतिको अभिरुचिमा वृद्धि गर्नुका साथै शारीरिक रुपमा पनि तन्दुरुस्ती बनाउँन मद्धत पुर्याउँछ । शारीरिक रुपमा स्फूर्ति भएका महिला सेक्सुअल रुपमा पनि सकृय रहन्छन् भनिन्छ ।

सेक्सुअल हेल्थ कंसल्टेंटका अनुसार  महिलाहरु ३० बर्ष उमेर पार गरेपछि वा सामान्य रुपमा उनिहरु विवाहित भएपछि अझ आफूलाई सेक्सी शरीर भएको महिलाका रुपमा परिचय गराउन चाहान्छन् ।  उहिहरुले शरीरलाई मेन्टेन गर्नुको पछाडि धेरै कारण देख्छन् मनोचिकित्सहरु ।  प्रायः विवाहित महिलाहरु आफू शारीरिक रुपमा सेक्सी देखिनका कारणहरुमा आफ्नो श्रीमान अरु महिला तिर ध्यान नदेओस् । आफू दुई विचको सेक्समा पूर्ण सन्तुष्टि अनुभव गरोस् जस्ता भावनाले उनिहरु आफ्नो शरीरलाई मेन्टेन गर्नमा ध्यान दिने गर्दछन् । अरुभन्दा आफूलाई राम्रो देखोस् बेला बखतमा सेक्सी छौं भनेर भन्दिओस् लगायतका अपेक्षा राख्ने चिकित्सकको तर्क छ ।

त्यसैगरी कति महिलाहरु आफू निकटका महिला साथीको देखासेखी र प्रतिस्पर्धाले पनि शरीरलाई स्फूर्ति राख्न चाहान्छन् । यी र यस्ता प्रकारका भावनाले ३० बर्ष पछिका महिलाहरु शारीरिक रुपमा आफूलाई सेक्सी राख्न अथवा देखाउनमा तल्लिन हुने गर्दछन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं