Date:2017/12/14 |Thursday

यौन सम्पर्कका बेला महिलाले भिन्न प्रकारको आवाज किन निकाल्छन् ?

Posted on: November 18, 2017 | views: 311 |

यौन सम्पर्कको समयमा प्रायः पुरुषहरु मौन तर आक्रामक देखिन्छन् यसको विपरित महिलाहरु भने प्रायः निश्कृय झै देखिन्छन् । यद्यपि कतिपय महिलाहरु यौन सम्पर्कको बेला विशेष खालको आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ ।

यौन सम्पर्कको समयमा महिलाहरु किन फरक किसिमको आवाज निकाल्छन् ? यस बारेमा केही यौन विश्लेषकहरुको फरक फरक मत छ , केहीले यो अत्यन्त स्वभाविक कृत्य हो भन्दछन् । तर केही विश्लेषकले भने यौन सम्पर्कको बेला आवाज निकाल्नु नाटक मात्र हो पनि भन्ने गरेका छन् ।  कतिपय अनुसन्धानकर्ताहरुको मत बेग्लै छ । सेक्सको समयमा महिलाहरु प्राय अर्धअचेत अवस्थामा पुग्ने भएकाले  प्राकृतिक रुपमा नै उनीहरु यस्तो आवाज निकाल्ने गर्दछन् । यसमा उनिहरुको शुखानुभूति प्रकट भएको हुन्छ ।

प्रायः महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौन सम्पर्कका क्रममा आवाज निकाल्नु केवल नाटक या बहाना  भएको बताएका थिए । अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई केवल बहाना मात्र भएको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए ।

सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केहीले चरमउत्कर्षमा पुग्दा अनायासै आवाज निस्किएको बताएका थिए ।–एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं