18th September | 2018 | Tuesday | 9:07:10 PM

यौन इच्छा बढाउने उपाय

  POSTED ON : Saturday, 06 January, 2018 (2:08:15 PM) Views: 263

यौन इच्छा बढाउने उपाय

दाम्पत्य जीवनमा यौन एक नभई नहुने कुरा हो भन्दा पनि फरक पर्दैन । यौनले दाम्पत्य जीवनलाई सुखमय बनाउने गर्दछ । हामीले हाम्रो समाजमा यौन चाहनाको पूर्ति नभएर कति दम्पति डिभोर्सको केस सम्म पुगेको सुनेका छौ । यसर्थ दम्पतिको सम्बन्ध सुधारका लागि यौन इच्छा हुनु स्वभाविक मानिन्छ ।

यौन इच्छा प्राकृतिक उपाय अपनाएर बढाउन सकिन्छ । ह्रास हुँदै गएको यौन क्षमतालाई केही प्राकृतिक उपायले केही उर्जा भर्ने काम गर्नेछन् । यति कोही व्यक्ति दिनहुँ जस्तो अल्कोहल पिउने गर्दछ भने स्वभावतः पछि गएर उसको यौन इच्छामा कमि आउँछ । यसर्थ अल्कोहल पिउन कम गर्नाले मानिसको यौन इच्छामा वृद्धि हुन्छ । त्यसैगरी अल्कोहलको अलवा चुरोट लगायतका शरीरलाई हानी गर्ने पेय पदार्थलाई छोड्न वा कमि गर्न सके यौन इच्छा वृद्धि हुने चिकित्सकको भनाई रहेको छ । धुम्रपानले यौनाङगको रक्त बहावलाई असर गर्दछ । तर्सथ चुरोट बन्द गर्नु उत्तम हुन्छ । दैनिक २० मिनेटको शारीरिक कसरतले योनाङगको रक्तबहावलाई चुस्त दुरुस्त राख्दछ । विहान शारीरिक व्यायाम गर्नु सबै भन्दा फलदायी हुन्छ ।

त्यस्तै यौनबर्धक खानपिनमा पनि ध्यान दिन सके यौन इच्छा बढ्ने गर्दछ । प्रेम बढाउने कुनै पेय पदार्थ त छैन तर यौनबद्र्धक खानाले मनोरंजन भने दिन सक्छ । फलफूलको समुचित खानपिनले यौन क्षमतामा वृद्धि ल्याउँछ । त्यस्तै कुरिलो, काजु–किस्मिस, ओखर, समुद्री ओयष्टर जस्ता खानेकुरा यौन बद्र्धक खानेकुरा हुन् । त्यस्तै योग आसन पनि उपयुक्त हुन्छ । योगमा त झन यौन समस्या समाधान गर्ने धेरै आइटमहरु पनि छन् । 

यौन क्षमता बढाउन अत्यन्त जरुरी अर्को उपाय हो पेटलाई सानो आकारमा ढाल्न सक्नु पर्दछ । शरीरको तौल बढी हुनु आफैमा रोग भएकाले तत्कालै पेट घटाउन चिकित्सको सुझाव छ । शरीर भद्दा हुने वित्तिकै यौनेच्छा पुर्णत घटेर जाने हुँदा यसलाई बेलैमा ध्यान दिन जरुरी छ । यदी यि उपाय राम्ररी अपनाएको खण्डमा यौन जीवनले सार्थकता पाउनेछ । एजेन्सीको सहयोगमा