22nd April | 2018 | Sunday | 11:18:47 AM

कस्तो चुम्बनले रोमान्टिक र मिलाप गराउँछ ?

  POSTED ON : Saturday, 27 January, 2018 (2:14:03 PM)

कस्तो चुम्बनले रोमान्टिक र मिलाप गराउँछ ?

काठमाडौं । श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आफ्नो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । चुम्बनलाई मायाको प्रतिकका रुपमा पनि लिने गरिन्छ । छाती, गाला, चिउँडो, कान आदी अंगमा चुम्बन गर्ने गरिन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण – एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नीका लागि एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । 

जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाँ दुई जना बाहेक अरु उपस्थित हुनु हुँदैन । यदि कुनै रेस्टुराँ, क्लब वा अन्य त्यस्तै भीँड भएको स्थानमा हुनुहुन्छ र तपाईलाई लाग्छ तपाईकी प्रियतमा तपाईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवतः पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । 

 पहिलो चुम्बनका बखत शारीरिक स्पर्शको महत्व उत्तिकै हुन्छ । यसले अनुभूतिलाई अझ रोमान्टिक बनाउँछ नै साथै चुम्बनको उन्मादलाई पनि बढाउँछ । चुम्बन गर्नु पूर्व आफ्नी प्रियतमाको शरीरलाई विस्तारै छुनु पर्दछ ।

सहि सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । दुबैको आँखाले एकअर्कालाई एकनासले हेरिरहन्छ तथा नजरबाट दुबैमा आकर्षण एवं सम्वोहन उत्पन्न हुन्छ भने त्यस्तो समय पहिलो चुम्बनको लागि उचित समय हो तर पहल तपाईबाटै हुनुपर्छ । अनुमति माग्ने चुम्बनका लागि अनुमति माग्नु मूर्खता हो । महिलाको नजरमा यसो गर्नु कायरता हो र तपाईको आत्मा विश्वासको कमी हो । त्यसैले सही समयका आधारमा चुम्बनका लागि पहल गर्नुहोस् तर हतार गर्नु भने हुँदैन ।

चुम्बनका बखत आफ्नो हात चुम्बन गरिने व्यक्तिको हिपमा राख्नुहोस् वा कम्मरलाई बाँध्नुहोस् र विस्तारै आफूतिर तान्नुहोस् । त्यसपछि आफ्ना हातका औंलाको सहाराले उसको केशलाई चलाउनुहोस् र विस्तारै उसको मुहारलाई आफ्नो दुवै हत्केलामा थामेर आफू नजिक ल्याउँदै मन्द गतिले उनको गालालाई चुम्दै ओठतर्फ आफ्नो चुम्बनको मार्ग प्रशस्त गर्नुहोस् ।

 शरीरलाई सुम्सुम्याउने क्रियालाई निरन्तरता दिनुहोस् । आँखा बन्द गर्ने चुम्बनका क्रममा आफ्नो आँखा बन्द गर्नुपर्छ । आँखा खोलेरै चुम्बन गरिएको कुरा चाल पाए तपाई चुम्बनमा पूर्णरुपले समर्पित नभएको अनुभव हुनसक्छ । यसले आत्माविश्वासको कमी, सुरक्षा भावको कमी आदिको अर्थ पनि लाग्न सक्छ । चुम्बनको आनन्द उठाउन आँखा बन्द गर्नु नै राम्रो हुन्छ । यसो गर्नाले एक–अर्काप्रति विश्वास, समर्पण र चाहना अझ बढ्न सक्छ । यौन संसर्गका बखतको चुम्बन र पहिलो चुम्बन फरक–फरक भएकाले यसमा पर्याप्त सावधानी अपनाउनुपर्छ । 

समग्रमा धैर्यता, नियन्त्रण एवं मन्द गतिमा रोमाञ्चकता जगाउँदै आनन्दको सरोबरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन पहिलो चुम्बनलाई आधार बनाउने प्रयास दुबैबाट हुन सके चुम्बनले रोमाञ्चकता मात्र होइन मिलाप पनि सिर्जना गर्दछ ।–एजेन्सी